वडाध्यक्षलाई मालिस गराएका गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत, निर्वाचन आयोगमा जानकारी

  • कार्तिक १९, २०८२ | ३३८ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दिएको राजीनामा उपाध्यक्ष कल्पना चौधरीले स्वीकृत गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अध्यक्ष चौधरी विवादमा परेका थिए ।

विवाद फैलिएसँगै उनले गत ५ असोजमा उपाध्यक्ष चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।सोही दिन गाउँ सभासमेत बसेको थियो ।

राजीनामा पत्रमा उनले पदमा रहेर निरन्तर काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु । पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकाले स्वेच्छाले नै राजीनामा दिएको छु’ उनले पत्रमा लेखेका छन् ।

उनले गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभव जीवनको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भविष्यमा पनि समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष चौधरीको राजीनामा कार्यपालिका बैठकले स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिएकी छन् ।

अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । जनप्रतिनिधिहरूबीचको मतभेद र आन्तरिक विवादकै कारण पालिकाको गाउँ सभा पनि ढिलो बसेको थियो ।

पालिका उपाध्यक्षले अध्यक्षले असोज ५ मा राजीनामा दिएको र आफूले कार्तिक १७ गते स्वीकृत गरेको पत्र निर्वाचन आयोगलाई पठाइसकेको जानकारी दिइन् । यसको बोधार्थ कानुन मन्त्रालयसहित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासनमा पठाइएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब