वडाध्यक्षमाथि रकम लुटपाटको आरोप

  • कार्तिक १९, २०८२ | ४३० पटक पढिएको | सीमा संदेश
alt

बाराको सुवर्ण गाउँपालिकाका एक जनप्रतिनिधिमाथि एक महिलाले आफ्नो रकम लुटपाट गरेको आरोप लगाएका छन् ।

सुवर्ण गाउँपालिका–६ स्थित मुसहर्नाका ओजिर मिया कुजडा र उनकी श्रीमती मेरातुन नेशाले गाउँपालिका–८ का वडा अध्यक्ष सैबुल्लाह मिया कुजडामाथि यस्तो आरोप लगाएका हुन् ।

पीडित मेरातुनका अनुसार वडा अध्यक्ष कुजडाले उनलाई मुक्काले प्रहार गर्दै जमीनमा लडाएपछि सारिमा बाँधिएको नगद च्यातेर लुटी फरार भएका हुन् । घटनापछि घाइते अवस्थामा रहेका ओजिर मियाले कलैया प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् ।

अस्पतालमा पत्रकारहरूसँग कुरा गर्दै उनीहरूले वडा अध्यक्षमाथि लुटपाटको आरोप लगाए । मेरातुन खातुनका अनुसार वडा अध्यक्षले उनको छोरालाई पनि छातीमा प्रहार गर्दा केही समयका लागि अचेत भएका थिए । उनले प्रहरी प्रशासनसंग न्याय दिलाउन माग गरिन् । कलैयातर्फ जाँदै गर्दा मझरिया पानी ट्यांकी नजिक भएको बताइएको छ।

पीडित दम्पतीका अनुसार वडा अध्यक्ष कुजडा तीनवटा मोटरसाइकलमा आएका करिब ६ जनाको समूहसहित आएको र उनीहरूले पैसा लुटेर फरार भएको आरोप छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब