भूमि आयोग खारेज विरुद्ध प्रदर्शन

  • कार्तिक २०, २०८२ | १८२ पटक पढिएको | सीमा संदेश
alt

वर्तमान सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्लाहीमा भूमिहीनहरुले प्रदर्शन गरेका छन् ।

मलंगवामा बुधबार जिल्ला भुमि अधिकार मंच सर्लाहीका अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा सरकारविरुद्ध चर्को नारावाजी गर्दै सैकडौँ भूमिहीनहरुले प्रदर्शन गरेका छन् । सुकुम्वासीहरुले जग्गाधनी लालपुर्जा पाउनुपर्ने, सुकुम्वासीहरु माथि हुन लागेको चलखेल र विभेद विरुद्ध सरकारलाई खबरदार गर्न शान्तिपुर्ण विरोध प्रदर्शन गरेको भूमि अधिकार मंच मधेश प्रदेशका सदस्य जीत बहादुर गोलेले बताए ।

भूमिहीन सुकुम्वासीहरुले ५ बुँदे माग सहितको ज्ञापन पत्र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मानन्धरलाई बुझाएका हुन् । भूमि अधिकार मंचका जिल्ला अध्यक्ष घिमिरे भने आफूहरुको मागलाई सरकारले बेवास्ता गरे भूमिहीन सुकुम्वासीहरुले चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछु ।

सर्लाहीमा ६ हजार ४ सय ५९ भूमिहीन दलित, ८ हजार ७ सय ५२ भूमिहीन सुकुम्वासीहरुले जग्गाधनी पूर्जाका लागि निवेदन दिएको थियो । भूमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्न आयोग मार्फत कामहरु भइरहेको अवस्थामा भूमि आयोग खारेज गर्ने सरकारको निर्णयले आफूहरु निरास भएको भूमिहीन सुकुम्वासीहरुले बताएको छ ।

सरकारले आफूहरुको समस्यालाई बुझेर तत्काल समाधान गर्नुपर्ने भूमिहीन सुकुम्वासीहरुले जोडदार माग गरेको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब