करेन्ट लागेर मधेशमा ३२४ किसानले ज्यान गुमाए

  • कार्तिक २०, २०८२ | २५५ पटक पढिएको | सीमा संदेश
alt

विद्युतको अव्यवस्थित व्यवस्थापन र असावधानीका कारण करेन्ट लागेर अन्न उब्जाउने किसानहरुको मृत्यु हुने संख्या तिव्ररुपमा बढदै गएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा मात्रै १३८ जना किसान करेन्ट लागेर ज्यान गुमाई सकेका छन् । गत तीन वर्षको अवधिमा करेन्ट लागेर मधेशमा ३२४ जनाले ज्यान गुमाएको तथ्यांक प्रहरीको रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ११०, २०८०/०८१ मा ८४ र २०८१/०८२ मा १३८ जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् तर पुरुषको संख्या सर्वाधिक छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाका अनुसार असावधानीले मृत्यु हुने गरेको भएपनि खेतमा मोटर जडान गर्ने, झिक्ने, हुकिङ्ग तथा असावधानीका कारण करेन्ट लागेर मृत्यु हुने किसानको सङ्ख्या यो प्रदेशमा अत्यधिक बढेको हो ।

प्रायः किसानले कृषि मिटर लिएको भए पनि ती मिटरहरु स्थायी रुपमा जडान गरेर राखिएको हुँदैन । थोरैमात्रले काठको फल्याकमा ठड्याएर राखेका हुन्छन् । धेरैले खेतमा पानी आवश्यक रहेको बेला अस्थायी रुपमा मीटर ठड्याए विद्युतको मुख्य तारमा अङ्कुशे लगाउँछन् ।

त्यस क्रममा दुई फेजको अङ्कुशेमध्ये एउटा तारमा अडिने र अर्को झरेर जिउमा छुन गई कतिपय किसान ज्यान गुमाउने गरेका हुन् । आफ्ना नागरिकलाई करेन्ट लाग्नबाट जोगाउन समुचित व्यवस्थापनतर्फ पालिका तथा वडाका जनप्रतिनिधिहरुले पहलकदमी लिनु जरुरी छ । विद्युतीय जोखिम कम गर्न सचेतना जगाउने कार्यमा विद्युत प्राधिकरणका साथै तीनै तहका सरकारले सचेतना जगाउन जरुरी देखिन्छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब