पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

  • कार्तिक २२, २०८२ | ५७६ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ।

उच्च रक्तचाप र मधुमेहका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एक महिनाअघि अस्पतालमा भर्ना गरिएको थियो। पछिल्लो एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आलमका छोरा डा.राजिक आलमका अनुसार भारतको मेदान्त अस्पतालमा उपचार गराएपछि घर फर्किएका उनी फेरि अस्वस्थ भएपछि पुनः काठमाडौंमा उपचाररत थिए।

पूर्वमन्त्री आलमले झण्डै छ वर्ष जेल जीवन बिताएपछि गत जेठमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएर नख्खु कारागारबाट रिहा भएका थिए। राजनीतिक जीवन नेविसंघबाट सुरु गरेका आलमले चार पटक प्रतिनिधिसभाको सदस्यको रूपमा रौतहट–२ क्षेत्रको प्रतिनिधित्व गरेका थिए।

राजनीतिक जीवनमा उनले विभिन्न मन्त्री पद सम्हालेका थिए भने बम विस्फोटसम्बन्धी मुद्दामा लामो समय जेल बसेका थिए।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब