अस्पतालमा औषधि अभाव

  • कार्तिक २२, २०८२ | ५१९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बीमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ ।

सरकारले स्वास्थ्य बीमा गराई उपचार गर्ने बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि अस्पतालमा औषधि नपाउँदा सेवाग्राही मारमा परेका छन् । बीमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधि कक्षमा लिन जाँदा नपाएको गुनासो गरेका छन् ।

लहान नगरपालिका–२२ की पार्वती चौधरीले भने, “ चिकित्सकले लेखिदिएको औषधि अस्पतालको मेडिकलमा लिन जाँदा पाइएन ।” लहान नगरपालिका–२३ का योगेन्द्र यादवले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले किनेर खान बाध्य भएका बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले औषधि अभावको मुख्य कारण स्वास्थ्य बिमा दाबीको भुक्तानी नहुनु रहेको बताए । उनले भने, “सरकारी अस्पतालमा बिमाको सुविधा भए पनि बिमा दाबीको भुक्तानी नहुँदा औषधि खरिद गर्न सकिएको छैन ।”

अस्पताललाई करिब एक करोड रुपैयाँ बीमा रकम भुक्तानी गर्न बाँकी रहेकाले औषधि खरिद गरी वितरण गर्न नसकिएको मेसु झाले बताए । उनका अनुसार, अस्पतालले बिरामीका लागि हाल एक सय शय्या बराबरको सुविधा दिइरहेको छ । तर केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग नहुँदा र बीमा रकमको भुक्तानी रोकिएकाले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पताल विकास समितिबाट जेनतेन गरी सेवा दिइएको उनको भनाइ छ । मेसु झाले बीमाको रकम प्राप्त हुनासाथ औषधि खरिद गरी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब