नपढेकाका सन्तति लोकसेवामा अगाडि

  • कार्तिक २३, २०८२ | २८० पटक पढिएको | सीमा संदेश
alt

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा सिफारिस हुने उम्मेदवारमा शिक्षितभन्दा निरक्षरका सन्तति अगाडि रहेको पाइएको छ। आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उच्च शिक्षा तथा उच्च माध्यमिक शिक्षा हासिल गरेकाभन्दा प्राथमिक शिक्षा लिएका तथा निरक्षर बाबुआमाका सन्तती धेरै उत्तीर्ण भएका छन्।

प्रतिवेदन अनुसार आयोगका परीक्षा उत्तीर्णमध्ये ४१.४४ प्रतिशतका बाबु प्राथमिक शिक्षा प्राप्त र १६.२० प्रतिशतका बाबु निरक्षर छन्। त्यस्तै उत्तीर्णमध्ये ४८.६९ प्रतिशतका आमा प्राथमिक शिक्ष प्राप्त र ३३.३३ प्रतिशतका आमा निरक्षर छन्। यसैगरी परीक्षा उत्तीर्णमध्ये २०.६१ प्रतिशतका बाबु र ६.७ प्रतिशतका आमा उच्च शिक्षा प्राप्त छन्।

४४ पदमा दरखास्त नै परेन

प्रतिवेदन अनुसार उक्त आवमा निजामती सेवातर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगितातर्फका ३१ र समावेशीतर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

यसरी दरखास्त नपर्नेमा राजपत्रअंकित द्वितीय श्रेणी (प्राविधिक) तर्फका अमिन, मेकानिक्स लगायत पद छन्। यसैगरी राजपत्रांकिततर्फ मुख्यगरी स्वास्थ्य सेवातर्फका नवौं तहको मेडिसिन समूहतर्फ नेफ्रोलोजी, न्युरोलोजी, कार्डियोलोजी, युरो सर्जरी, किडनी ट्रान्सप्लान्ट सर्जरी, निओनेटोलोजी, हेमाटोलोजी उपसमूहका पद छन।

आरक्षण कोटामा पुनरवोलकन हुन नसक्दा यस्तो स्थिति देखिएको आयोगका कर्मचारीले बताएका छन् । कानुनअनुसार हरेक १०/१० वर्षमा आरक्षण कोटामा पुनरवोलकन हुनुपर्नेमा २०६४ सालयत पुनरवोलकन गरिएको छैन।

आरक्षणबाट सरकारी सेवामा २६ हजार प्रवेश

प्रतिवेदनअनुसार आरक्षण कोटाबाट हालसम्म २६ हजार बढीले सकारी सेवामा प्रवेशको अवसर पाएका छन्। आयोगले २०६४ सालदेखि समावेशी समूहका उम्मेदवारबिच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ। आव २०८१/८२ मा विभिन्न ६ समावेशी समूहका ८ सय ४९ पदका लागि विज्ञापन गरिएको थियो।

समावेशी विज्ञापनबाट यस अवधिमा १ हजार ५६ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा महिलातर्फ ३ सय ६५, आदिवासी/जनजातितर्फ २७३, मधेसीतर्फ २३३, दलिततर्फ ९६, अपांगतातर्फ ४६ र पिछडिएको क्षेत्रतर्फ ४३ जना सिफारिस भएका छन्। आयोगका अनुसार उक्त आवमा हालसम्म समावेशी समूहबाट २६ हजार २ सय ७४ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

फाराम भर्नेमा धेरै बाहुन, क्षेत्री

उक्त आवमा आयोगको परीक्षामा सहभागी हुने फाराम भर्ने उम्मेदवारमा बाहुन, क्षेत्री समुदायका धेरै छन्। प्रतिवेदनअनुसार फाराम भर्नेमा २३.८ प्रतिशत बाहुन र १८.२५ प्रतिशत क्षेत्री समुदायका छन्। प्रतिवेदनमा उक्त अवधिमा आयोगमा प्राप्त ४ लाख ५९ हजार ८ सय ३४ दरखास्तमध्ये ब्राह्मण (पहाडी), क्षेत्री, थारू, यादव र मगर समुदायको बाहुल्य क्रमशः देखिएको छ। पञ्जाबी/सिख, लोहोरुङ र विदेशी उल्लेख गरेको जातिको सबैभन्दा कम दुई वटा दरखास्त परेको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब