सर्वदलिय सरकारको पक्षमा कांग्रेस

  • कार्तिक २३, २०८२ | २१३ पटक पढिएको | सीमा संदेश
alt

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई सत्तागठबन्धनकै घटक दलले विरोध गरेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृतसमेत गरिसकेका छन् ।

मुख्यमन्त्री सोनललाई विश्वासको मतमा साथ नदिँदा उनी असफल भए । तर मधेश प्रदेशमा प्रदेश सरकार गठनमा भने सकस जस्ताको त्यस्तै रहेको छ । उनले राजीनामा दिएपछि अबको प्रदेश सरकार गठनमा गम्भीर संकट उत्पन्न भएको छ ।

सत्तागबठन्धनका लोसपाको पक्षमा ५२ जना सांसद देखिएका छन् भने नेपाली कांग्रेस–एमालेको पक्षमा ५१ जना सांसद देखिएका कारण वैधानिक व्यवस्था अनुसार प्रदेशसभामा अन्योलता कायम भएको छ ।

प्रदेशसभामा ३ जना सांसद निलम्बित छन् । सभामुखले मत खसाल्न पाउने व्यवस्था नै छैन भने प्रदेशसभामा रहेका १०३ सांसद छन् । लोसपाको हातबाट प्रदेश सत्ता गएपछि प्रदेश सरकारको बल कांग्रेस–एमालेकै हात गएको छ । तर कांग्रेस–एमालेसंग उनीहरुको आफ्नै सांसद गरी ४५, जनमत पार्टीबाट अलग भएका सतीशकुमार सिंह, त्रिभुवन साह गरी दुई जना, नेपाल संघीय समाजवादी पार्टीका एकजना र राप्रपाका एकजना, माओवादीका सांसद रहबर अन्सारी र माला कर्ण गरी ५१ जना सांसद रहेका छन् ।

यसरी कांग्रेस– एमालेलाई पनि प्रदेश सरकार गठनमा बहुमत पुग्ने अवस्था नदेखिदा प्रदेश सरकारकै किचलोका कारण प्रदेशसभा विघटनको संघारमा पुगेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

यता नेपाली कांग्रेस नयाँ सरकारको रणनीति बनाउने छलफलमा जुटेको छ । नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूहरु सर्वदलीय सरकार बनाउने पक्षमा रहेको बताए । उनले अबको रणनीति प्रदेश सरकारमा सबै दलको सहभागिता हुने गरी सर्वदलिय सरकारको पक्षमा रहेको स्पष्ट पादैँ सोही अुनसार आफूहरु छलफलमा जुटेको बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब