१० प्रतिशत निःशुल्क छात्रवृत्तिको कार्यान्वयन प्रक्रिया सुरु, तीन दिन भित्र विवरण पेस गर्न निर्देशन

  • कार्तिक २५, २०८२ | ४३० पटक पढिएको | सीमा संदेश
alt

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका संस्थागत (निजी) विद्यालयलाई कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै उक्त नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीको नामावली सङ्कलन गरी पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको जानकारी गराएका हुन् ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाएको परिपत्रमा शिक्षा ऐन, २०२८ को दफा १६ज मा भएको व्यवस्था अनुसार शैक्षिक सत्र २०८०, शैक्षिक सत्र २०८१ र शैक्षिक सत्र २०८२ मा छात्रवृत्ति उपलब्ध गराइएका विद्यार्थीको विवरण यथाशीघ्र उपलब्ध गराइदिन निर्देशन दिइएको छ ।

परिपत्रमा संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई उक्त कोटा (विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति) अन्तर्गत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख छ ।

मन्त्री पुनले आफ्नो फेसबुक स्टाटसमा यदि कुनै विद्यालयले उक्त नियमानुसार छात्रवृत्ति प्रदान गरेका छैनन् भने नियमअनुसार अनिवार्य रूपमा छात्रवृत्ति दिनुपर्नेछ भन्दै स्पष्ट पारेका छन् ।

मन्त्रालयले यस विषयमा देशभरका संस्थागत विद्यालयबाट विवरण सङ्कलन गर्नका लागि केन्द्रलाई निर्देशन दिएपछि अब निजी विद्यालयमा छात्रवृत्ति कार्यान्वयनको अवस्थाबारे सरकारले तत्काल अनुगमन गर्ने तयारी गरेको छ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब