सिरहा कारागारमा कैदीमाथि निर्घात कुटपिट

  • कार्तिक २६, २०८२ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा सदरमुकामस्थित सिरहा कारागारमा एक कैदीमाथि निर्घात कुटपिट भएको छ । चोरी मुद्दामा कारागारमा रहेका सिरहाको मिर्चैया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय प्रमेश्वर सदामाथि निर्घात कुटपिट भएको हो ।

उनीमाथि आइतबार बेलुकी नै कुटपिट भएको कारागार स्रोतले जनाएको छ । तर, कुटपिटबाट गम्भीर घाइते भएका उनलाई त्यसको भोलिपल्ट सोमबार अपराह्न मात्रै सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

अस्पतालमा उनको इमेर्जेन्सी वार्डमा प्रहरीको बाक्लो उपस्थितिमा उपचार भइरहेको छ । प्रहरीले घाइतेसँग सञ्चारकर्मीलाई पनि भेट्न दिएको छैन । अस्पताल स्रोतका अनुसार, उनको संवेदनशील अंगसहित टाउको, पिठ्युँ, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा पाइप तथा भाटा प्रहार भएको देखिएको छ । शरीरभरि निलडाम छ ।

अवस्था बिग्रिँदै गएपछि मात्रै अस्पताल ल्याइएको अस्पतालका एक चिकित्सकले बताए । ‘कारागारमा यस्तो घटना भइरहन्छ, तर घाइतेलाई तत्कालै उपचारमा ल्याउने र घटना लुकाउन खोज्ने प्रवृत्ति छ, यसमा पनि त्यस्तै देखियो,’ ती चिकित्सकले भने ।

घटना सार्वजनिक भइसके पनि सिरहा प्रशासन भने ढाकछोप गर्ने प्रयासमा लागेको छ । कारागार सुरक्षार्थ खटिने नेपाल प्रहरीका सिरहा प्रवक्ता डीएसपी रमेशबहादुर पालले कारागारका विषयमा आफूहरुलाई त्यति जानकारी नहुने प्रतिक्रिया दिए ।

कारागारका जेलर सुबोध महतोले त सुरुमा घटनाबारे बताउनै चाहेनन् । तपाईंहरुले घटना किन लुकाउन चाहेको ? भन्ने कान्तिपुरको प्रश्नमा उनले सामान्य घटना मात्रै भएको दाबी गर्दै यसलाई बाहिर नल्याइदिन आग्रह गरेका छन् ।

‘सामान्य घटना हो, मिडियामा आएपछि ठूलै इस्यु बन्छ,’ महतोले भने, ‘यसलाई बाहिर नल्याइदिए हामी आभारी हुन्थ्यौं ।’ कुटपिट किन र कसले गरेको भन्ने विषय भने उनले खुलाएनन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब