सभामुख उपर महाअभियोगका लागि हस्ताक्षर

  • कार्तिक २७, २०८२ | ४०४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका प्रदेश प्रमुख आचरण विपरीत कार्य गरेको कारण बर्खास्त भए लगत्तै प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई हटाउन महाअभियोगको तयारी थालिएको छ ।

नेकपा एमालेबाट सभामुख भएका मण्डलले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन खोज्दा पदीय आचरण विपरीत कार्य गरेको आरोप विपक्षी दलले लगाएका छन् । सोनलले विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा उनलाई समेत सम्बोधन गर्न दिएको थिएन । सोनल सदन बाहिर नै रहेको बेला माओवादीका असन्तुष्ट सांसदहरुलाई बोल्न लगाएर मत विभाजनको प्रक्रियालाई अगाडि बढाएपछि गठबन्धनका सांसदहरु आक्रोशित भएका छन् ।

सभामुख मण्डलले पदीय मर्यादा विपरीत एमालेको कार्यकर्ताको भूमिकामा देखिएको आरोप विपक्षीहरुले लगाएका छन् । नेपाली कांग्रेसका एकजना सांसदले जनाए अनुसार सभामुख मण्डल उपर महाअभियोग लगाउन आवश्यकभन्दा बढी सांसदको हस्ताक्षर संकलन भइसकेकोछ ।

सभामुखलाई हटाउन ७४ जना सांसदको भन्दा बढी हस्ताक्षर संकलन भएको दाबी विपक्षी दलहरुले गरेका छन् । सभामुख मण्डलको भूमिका उपर बारम्बार प्रश्न उठाइएको छ । लोसपाका सांसद उपेन्द्र महतोले मण्डलको भूमिकाको विरोध गर्दै गालीगलौज समेत गरेका थिए । त्यस अघि पनि नेपाली कांग्रेसका सांसद शेषनारायण यादवसित झगडा परेको थियो ।

बजेटका लागि हरेक आर्थिक वर्षको चैत वैशाखमा मण्डल विवादमा पर्ने गरेका छन् । करारमा उनले आफ्ना परिवार र नातेदारहरुलाई भर्ना गरी तलब, सुविधा लिएको आरोप लाग्दै आएको छ । सात दलीय गठबन्धनले सभामुखलाई हटाउने प्रक्रिया आगामी सोमबारबाट शुरु गर्ने उच्च स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार सर्वोच्च अदालतमा आइतबार मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी रहेकाले सोमबार लगत्तै सभामुख विरुद्ध महाअभियोग दर्ता गरिने छ । सभामुख मण्डलले कसैको दबाबमा राजीनामा नगर्ने बताउँदै महाअभियोग फेस गर्ने बताउन थालेका छन् । मधेश प्रदेशमा उनी दोस्रो सभामुख हुन् । तर सभामुख बनेदेखि नै उनी विवादमा पर्दै आएका छन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब