शिक्षामन्त्रीको प्रश्न : दुर्गा भाइसँग पैसा उमार्ने जादु छ कि क्या हो ?

  • मंसिर १, २०८२ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

शिक्षामन्त्री महावीर पुनले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । पछिल्लो समय प्रसाईँले दिँदै आएका विभिन्न अभिव्यक्तिप्रति लक्षित गर्दै मन्त्री पुनले पैसाको स्रोतबारे प्रश्न उठाएका हुन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै शिक्षामन्त्री पुनले प्रसाईँका घोषणाहरूमाथि आश्चर्य व्यक्त गरेका छन् । 

उनले लेखेका छन्, ‘साह्रै अचम्म लाग्यो दुर्गा प्रसाईँ भाइले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्‍याइदिने र २० लाख रुपैयाँभन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन् ।’

मन्त्री पुनले प्रसाईँका घोषणा कार्यान्वयनका लागि आवश्यक पर्ने विशाल रकमको स्रोतमाथि प्रश्न खडा गरेका छन् । उनले थप लेखेका छन्, ‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्‍यो । अनि ऋण मिनाहा गरिदिन पैसा चाहियो । त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?

शिक्षामन्त्री पुनको यो अभिव्यक्ति दुर्गा प्रसाईँले सार्वजनिक रूपमा विभिन्न क्षेत्रका कर्मचारीको तलब वृद्धि र ऋण मिनाहा गर्नेजस्ता महत्त्वाकाङ्क्षी घोषणाहरू गरिएपछि आएको हो ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब