जेलेन्स्कीलाई ट्रम्पको अल्टिमेटम– २७ नोभेम्बरभित्र शान्ति प्रस्ताव नमाने अमेरिकी समर्थन गुम्छ

  • मंसिर ७, २०८२ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष कडा सर्त राखेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७ नोभेम्बरभित्र स्वीकार गर्न अल्टिमेटम दिएका छन् ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आउँदो जाडोमा हुने रक्तपात रोक्न तत्काल कदम चाल्नुपर्ने बताए । उनले आफूहरूको प्रस्ताव स्वीकार नगरिए युक्रेनले वासिङ्टनको समर्थन गुमाउने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले अमेरिकी शान्ति योजना रुसको पक्षमा देखिए पनि जेलेन्स्कीसँग यसलाई स्वीकार गर्नुको विकल्प नरहेको जिकिर गरे ।

युक्रेनले आफ्नो भूभाग गुमाइरहेको र शान्ति सम्झौता नगरे अझै धेरै गुमाउनुपर्ने दाबी ट्रम्पको छ ।

उता जेलेन्स्कीले शान्ति स्थापनाका लागि अमेरिका र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताएका छन् । युरोपेली मुलुकहरूले पनि युक्रेनलाई निरन्तर साथ दिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले जी–७ सदस्यहरूसँग परामर्श गर्दै रुसी आक्रमणलाई युरोपको अस्तित्वकै लागि खतरा मानेका छन् । उनीहरूले जुनसुकै परिस्थितिमा पनि युक्रेनको पक्षमा उभिने आश्वासन दिएका छन् ।

वालस्ट्रिट जर्नलबाट ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब