मधेश प्रदेशका विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

  • मंसिर ९, २०८२ | ३२४ पटक पढिएको | सीमा संदेश
alt

नियुक्त भएको १६ औं दिनमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोक्दै मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन् । 

संविधानको धारा १६८(३) बमोजिम ठूला दलको आधारमा कात्तिक २३ गते राति नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भई भोलिपल्ट २४ कात्तिक बिहान बर्दिबासस्थित पानस होटलमा शपथ लिएका यादवले सुरुमा तीनजना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ९ वटा मन्त्रालय आफ्नो जिम्मामा राखि बाँकी मन्त्रालयहरूको जिम्मेवारी विनाविभागीय मन्त्रीहरूलाई सोमवारदेखि लागू हुने गरी तोकेका छन् ।

नेकपा एमालेबाट मन्त्री बनेका लखन दासलाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाकी कञ्चन बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री नियुक्तिसँगै उत्पन्न विवादमा दायर रिटमा सर्वोच्च अदालतले मंसिर २ गते ‘नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न’ अन्तरिम आदेश जारी गरेको थियो।

सो आदेशपछि मुख्यमन्त्री यादवले कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाएका हुन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब