धनुषाको कमला नगरपालिकामा भ्रष्टाचारतत्कालीन मेयरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • मंसिर १२, २०८२ | ३३३ पटक पढिएको | सीमा संदेश
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारमा संलग्न कम्पनी इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिउपर पनि मुद्दा दायर गरेको छ ।

कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा न्यूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगद्वारा तत्कालीन नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साधान, लेखापाल सञ्जीवकुमार महतो र जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, नगरपालिकाका तत्कालीन कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी र समसुल मिया मोमिनविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

त्यसबाहेक इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र त्यसका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरूविरुद्ध २९ लाख ४४ हजार १ सय ३७ रुपियाँ बिगो कायम गरिएको छ । उनीहरूले आपसी मिलेमतोमा २९ लाख बढी अनियमितता गरेको अख्तियारको ठहर छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब