नाबालिग बलात्कार अभियोगमा साह पक्राउ, जिल्ला प्रहरी सूक्ष्म अनुसन्धानमा, थप पक्राउ पर्ने !

  • मंसिर १३, २०८२ | १४१ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रहरी कार्यालय धनुषाले बलात्कारको एक जना अभियुक्तलाई बिहीबार काठमाण्डुबाट पक्राउ गरेको छ ।

जनकपुरधामको जानकी चोक स्थित एक होटेलमा एकजना नाबालिगलाई दुई राति बन्धक बनाएर बलात्कार गरेको अभियोग लागेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का मनोज साहलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार गत २२ गते कार्तिकमा नाबालिगलाई होटेलमा ल्याएर बन्धक बनाइ बलात्कार गरेको अभियोगमा साहलाई पक्राउ गरेको छ । काठमाण्डुमा लुकेर बसेका साहलाई प्रहरीले पक्राउ गरी धनुषा ल्याएको स्रोतले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ मा बस्ने १३ वर्ष ४ महिनाकी नाबालिकालाई ललाई फकाई होटेलमा ल्याएर दुई दिनसम्म राखेर बलात्कार गरेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार कार्तिक २३ गते बिहान करिब ५ बजे नाबालिगका हजुरबुवा र आमाले होटेलबाट मुक्त गराएर घर लगेका थिए । पीडित पक्षले प्रहरीमा जनाउ दिने तयारी गरिरहेको बेला अभियुक्तका भाईले आर्थिक प्रलोभन दिएर घटनालाई ढाकछोप गर्ने प्रयासमा जुटेका थिए । पीडितालाई २५÷३० लाख रुपैयाँसम्मको प्रलोभन दिएर घटनालाई प्रहरीमा जान रोकिएको बताइएको छ ।

घटना ढाकछोप गर्न अभियुक्तका भाईले निरन्तर प्रयास गरिरहेका थिए । उनले पीडिता परिवारलाई आर्थिक प्रलोभन र डर त्रास देखाइरहेको आरोप लगाइएको छ । प्रहरीमा उजुरी नपरे पनि घटनाको सुइँको पाएको जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन सूक्ष्म अनुसन्धान थालेको बताइन्छ ।

स्रोतका अनुसार पीडिता नाबालिगले प्रहरी समक्ष घटनाको यथार्थ जानकारी गराइसकेपछि अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्तले पनि अपराध स्वीकार गरिसकेको स्रोतले बताएको छ । प्रहरीले घटनालाई बाहिर नै नगद लेनदेनमा मिलाउन संलग्न रहेकाहरुको खोजी थालेको छ । स्रोतका अनुसार घटनामा संलग्न रहेकाहरु उम्किन नपाउने गरी प्रहरी कारबाही अगाडि बढाइएको छ । नाबालिगलाई बलात्कारमा संलग्न र त्यसलाई गैरकानुनी रुपमा मिलाउने प्रयासमा संलग्न रहेकाहरु सबै दोषी हुने कानुनी व्यवस्था रहेको अधिवक्ता हेमबहादुर कार्कीले जनाएका छन् । ‘नाबालिगलाई ललाईफकाई, प्रलोभन अथवा भयत्रास देखाएर गरेको करणी बलात्कार ठहरिने कानुनी प्रावधान छ ।’ उनले भने, त्यस्ता कार्यमा संलग्न रहेका अभियुक्तलाई बचाउने, मिलाउने जस्ता कार्य गर्नेहरु पनि सजायको भागी हुने कानुन छ । ‘केही राजनीतिकर्मी र केही जातीय ठेकेदारहरुले जघन्य आपराधिक घटनालाई मिलाउन झण्डै १५ दिन देखि लागेका छन्’ स्रोतले भने, दबाब र प्रभावको कारण नै पीडित परिवार प्रहरीसम्म समयमै पुग्न सकेको थिएन ।

बलात्कार भएको र त्यसमा संलग्न रहेका व्यक्तिको विषयमा जनकपुरभरि चर्चा फैलिए पनि घटनाको तथ्यसम्म पुग्न प्रहरीलाई पनि दुई हप्ता भन्दा बढी समय लागेको बताइन्छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेपछि संलग्न अन्य दोषीहरु समेत पक्राउ गर्नुपर्नेमा स्थानीयहरुले दबाब बढाउन थालेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका एकजना पूर्वपदाधिकारीले घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । ‘समाजमा यस प्रकारको घटनाले असुरक्षा बढनेछ’ उनले भने, अपराध गर्ने र अपराधीलाई जोगाउनेहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ । अभियुक्तको विगत पनि सद्दे नरहेको आरोप लागेको छ । धार्मिक, सांस्कृतिक नगरीमा यस प्रकारको घटनाले सभ्य समाजलाई लज्जित बनाएको स्थानीयहरुले बताउन थालेका छन् ।

तर प्रहरी स्रोतले घटनामा संलग्न रहेका कोहीलाई उम्किन नदिने गरी अनुसन्धान भइरहेको जनाएको छ । होटेलमा बलात्कार गर्ने र हत्या गर्ने घटनाहरु विगतमा पनि भएको थियो । घटनाको अभियुक्त नै लामो समयसम्म प्रहरीसम्म नपुगेकाले केही ढिला भएको जस्तो देखिएको बताइएको छ । तर प्रहरीले घटनाको तहसम्म पुगिसकेकाले संलग्नहरु नजोगिने बताइन्छ ।

घटनाको सबै पक्ष खुलिसकेकोले अब चाँडै थप दोषीहरु पक्राउ पर्ने स्रोतहरुको दाबी छ । बजारमा चर्चामा रहे पनि प्रहरीसम्म नपुगेको घटनालाई अनुसन्धानको दायरामा ल्याएर प्रहरीले उपलब्धि हासिल गरेको बताइन्छ ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब