प्रधानमन्त्रीले माफी माग्नुपछ !

  • मंसिर १३, २०८२ | १४७ पटक पढिएको | सीमा संदेश
alt

मुस्लिम समुदायबारे प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि ‘मुस्लिम महिलालाई जिउँदै गाडिन्छ’ भन्ने दिएको अभिव्यक्ति बारे मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् ।

शुक्रवार उनले एक पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री जस्ता गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अव्हेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने बताए । प्रधानमन्त्री कार्कीले इस्लामिक कानून विपरित दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अव्हेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनलाई माफी माग्नुपर्ने उस्मानले भने ।

प्रधानमन्त्री जस्ता व्यक्तिले तथ्यहीन, अपमानजनक र सामाजिक सद्भाव विपरीत होच्याउने खालको अभिव्यक्ति दिनु गलत रहेकाले तत्काल सार्वजनिक माफी माग्नुपर्छ नभए मुस्लिम समुदाय संघर्षमा जाने चेतावनी समेत उनले दिए । संचारकर्मीहरुको जिज्ञासामा उस्मानले भने प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति मुस्लिम महिलालाई जलाउने र गाड्ने लगायतका इस्लामिक कानून आउनु अघिको थियो । तर इस्लामिक कानून आएपछि त्यो अवस्था परिवर्तन भइसकेको छ । जहाँसम्म शिक्षाको कुरा अहिले सबै देशले स्वतन्त्रता दिइसकेको छ । यसमा तथ्यहिन अभिव्यक्ति दिनु गलत हो ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब