सिराहाको सुखीपुर नगरपालिका– ५ लरकन्हाका दलित युवकसँग अन्तर्जातीय प्रेमविवाह गरेकी युवतीलाई माइती पक्षले जबर्जस्ती छुटाउने प्रयास गरेको आरोप लागेका छ ।
लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत करिब २१ वर्षीय अमृतकुमार मोचीसँग शुक्रबार अन्तर्जातीय प्रेमविवाह गरेकी धनगढीमाई नगपालिका– २ की २० वर्षीया केसिकाकुमारी साहलाई माइती पक्षले छुटाउने प्रयास गरिरहेको मोचीका बाबु आनन्दकुमार मोचीले बताए ।
दुलहा–दुलहीलाई लिएर शनिबार दिउँसो गोलबजार हुँदै घर जान खोजिए पनि माइती पक्षबाट निरन्तर अवरोध भएकाले राति ९ बजेसम्म गोलबजारमै रहेको उनले बताए ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले उमेर पुगेर विवाह गरेका युवायुवतीलाई प्रहरीले संरक्षण दिएर घर पठाउन खोजिएको बताए । ‘अन्तर्जातीय प्रेमविवाह हो, माइती पक्षबाट कुनै अवरोध, समस्या हुन्छ कि बिहीबार राति युवतीलाई ओसिएमसी र युवकलाई गोलबजार प्रहरीको संरक्षणमा राखिएको हो,’ उनले भने ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved