झन्डै आधा करोडको दाइजो अस्वीकार गरेर एक रुपैयाँमा विवाह !

  • मंसिर १४, २०८२ | १८० पटक पढिएको | सीमा संदेश
alt

मंसिर महिना चलिरहँदा बिहेको सिजन जारी छ। दाइजोका कारण धेरै स्थानमा दुर्व्यवहारका घटनाहरू हुने गर्छन्। तर कहिलेकाहीँ यसको विपरीत उदाहरण पनि देखिन्छन्।

भारतको उत्तर प्रदेशको मुजफ्फरनगर नजिकै पर्ने नागवा गाउँका अवधेश राणाले झन्डै आधा करोड नेपाली रुपैयाँ बराबरको दाइजो लिन अस्वीकार गरेर उदाहरण प्रस्तुत गरेका छन्।

नोभेम्बर २२ मा भएको उनको विवाहमा दुलही पक्षले तिलक समारोहमा थालमा सजाएर ३१ लाख भारतीय रुपैयाँ (झन्डै ५० लाख नेपाली रुपैयाँ) दाइजोको रूपमा प्रस्ताव गरेका थिए। तर अवधेश राणा र उनका परिवारले यो रकम अस्वीकार गर्‍यो। उनले हात जोडेर एक रुपैयाँ मात्र लिए।

अवधेशका बुबा हरवीर सिंहले विवाहको कुरा चल्दादेखि नै दाइजो नलिने कुरा स्पष्ट गरेका थिए। अवधेशले भने, ‘दाइजो प्रथा धेरै खराब छ। यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।’ उनले युवाहरूलाई दाइजोबिना विवाह गर्न अपिल गरेका छन्। उनका अनुसार दाइजोका कारण अभिभावकहरूले ऋण लिनुपर्छ र जग्गा बेच्नुपर्ने अवस्था आउँछ।

अवधेशको परिवारसँग लगभग दुई सय बिघा कृषियोग्य जमिन छ। उनले दिल्लीको एआईईईई कलेजबाट एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङको अध्ययन गरेका छन्। अहिले उनी आफ्ना दाइसँग मिलेर पतञ्जलिका उत्पादनको वितरणको काम गरिरहेका छन्।

दाइजो अस्वीकार गर्ने निर्णयबारे उनले भने, ‘यो मेरो एक्लैको निर्णय होइन, सम्पूर्ण परिवारको सामूहिक निर्णय हो। जब विवाहलाई अन्तिम रूप दिइँदै थियो, मेरा बुबाले यो एक रुपैयाँको सम्झौता हो भनेर स्पष्ट पार्नुभयो।’

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब