बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को असर नेपालमा पनि !

  • मंसिर १४, २०८२ | २७१ पटक पढिएको | सीमा संदेश
alt

हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परे पनि आगामी ३ दिनसम्म देशभर कतै वर्षा तथा हिमपातको सम्भावना भने देखिएको छैन।

यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:

मंसिर १४ गते (आइतबार) 

दिउँसो : देशभर आंशिक बदली रहने छ।

 

राति : देशभर आंशिक बदली रहने छ।

मंसिर १५ गते (सोमबार) 

दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

राति : कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मंसिर १६ गते (मंगलबार) 

दिउँसो : देशभर मौसम मुख्यतया सफा रहने छ।

राति : देशभर मौसम मुख्यतया सफा रहने छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब