गोलबजारमा अव्यवस्थित पार्किङले दुर्घटनाको शिकार बनाउँदै सडक ढाकेरै सवारी साधन पार्किङ, स्थानीय सरकारको कर्मचारीको लाभको खेल

  • मंसिर १४, २०८२ | ३१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १४ मंसिर । गोलबजारमा ट्राफिक जामको समस्या नौलो नभए पनि यसलाई हटाउन कुनै योजना देखिदैन्न । बढ्दो सवारी साधन, साँघुरो सडक अनि नियम पालना नगर्ने सवारी चालकहरुका कारण ट्राफिक जाम हुने गरेको छ भने अव्यवस्थित पार्किङ पनि सवारी आवागमनको समस्याका रुपमा देखिएको छ।

गोलबजारमा सयको हाराहारीमा गुड्ने सवारी साधनको चाप थेग्न यहाँका सडक पर्याप्त छैनन् । व्यवस्थित पार्किङको अभाव पनि उत्तिकै छ । सवारी चाप न्यूनीकरणका लागि सडक विस्तार गरिए पनि यसबाट ट्राफिक जाममा अपेक्षाकृत कमी आएको देखिदैंन । जाम घटाउन फराकिलो बनाइएका सडकको हालत अहिले पनि उस्तै छ । त्यसमाथि सडक नै ढाकेर नियम विपरित राखिएका फुटपाथ पसल र गाडी पार्किङ्गले पनि सवारी आवागनमा असर परेको देखिन्छ ।

नियमको ठाडो उल्लंघन गरेर विभिन्न स्थानहरुका फुटपाथ पसल र गाडी पार्किङ्ग वापतको रकम असुल्ने काम भइरहेको स्थानीय सरकार माथि नगरवासीका आरोप छन्। नगरपालिकाले व्यपारीहरुबाट तोकिएका करहरु उठाएपनि किन बजारको समस्या देखिरहेका छैन् । दैनिक रुपमा बजारमा दुर्घटानबाट उपभोगक्ता तथा व्यपारीहरु अंगभंग भईरहका छन । तर स्थानीय सरकार मौन बसी नदेखे जस्तो गर्नुका कारण यहाँका व्यपारी तथा फुटपाथ पसलबालाहरुलाई अबैध रुपमा कमाईको भाडो बनाएको एक व्यपारी विरेन्द्र साहले बताए । 

गोलबजारको समस्याका मुख्य कारण स्थानीय सरकारका कर्मचारी पनि रहको व्यपारी पुनित कुमार सिँहले बताए । गोलबाजर विकासका मुख्या बाधक अहिलेको प्रमुख प्रशासकीय अधिकृत अन्नत पौडेल हो । उहाँलाई गोलबजारको सबै समस्या थाहा छ । उनले पटक पटक प्रमुख प्रशासकीय अधिकृत बन्दै आइरहको छ । तर कमिसन र भ्रष्टाचार बाहेक उनको नजर गोलबजारको विकास, निकाष तथा समस्या समाधानमा गएको देखिदैन् । अब यसरी भ्रष्टाचारमा लिप्त रहको सरकारको शासन सहेर बस्ने होइन, अबाज बुलन्द गरी सबै व्यपारी एक भई विरोधमा जाने विकल्प नभएको सिँहले बताए ।

सडकको दायाँ बायाँ रहेका पसल तथा होटल व्यवसाय सञ्चालन गर्नेहरुले पनि सडकलाई नै पार्किङस्थल बनाउँदा सवारी आवागमनका बाधा पर्ने गरेको छ । व्यवसायीहरुले आफ्नो रेष्टुरेन्ट वा पसलहरुमा आउने ग्राहकहरुको सवारी बिसाउने पार्किङ्गको ब्यवस्था गर्नेतर्फ चासो नदिंदा पैदल यात्रुसमेत समस्यामा पर्ने गरेका छन् ।

सडक नै ढाकेर सवारी साधन पार्किङ गर्न दिने व्यवसायीहरुले निजी पार्किङस्थलको व्यवस्था गर्न पनि कुनै चोसो दिएको देखिदैंन । सडक सवारी साधन रोक्न र पार्किङ गर्नका लागि नभई गुड्नका लागि भएको बताउँछन् ।

गोलबजारमा जथाभावी पार्किङ्ग गरेर आवागमनमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ भने निजी प्रयोजनका लागि सञ्चालित व्यवसायहरु अधिकांशको पनि आफ्नो पार्किङ स्थल छैन । जसका कारण सडकलाई नै उनीहरुले पार्किङ स्थल बनाइरहेका छन् । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने गोलबजारको ट्राफिक जाम कम हुने नभइ झन् बढ्दै जानेछ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब