जनमतको उम्मेदवार बन्न ३०/३५ लाख खर्च गर्न सक्ने शत

  • मंसिर १५, २०८२ | २५६ पटक पढिएको | सीमा संदेश
alt

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न जनमत पार्टीले ३०/३५ लाख रुपैयासम्म खर्च गर्न सक्ने शर्त राखेका छन् । जनमतले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बन्न चाहनेहरूका लागि खुल्ला गरेको आवेदनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्ति निर्वाचन आयोगको सीमाभित्र रहेर ३०/३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्षम हुनुपर्ने जनमतको सर्त छ ।

जनमत पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाहाका अनुसार आयोगले तोकेको खर्च सीमाअनुसार कम्तीमा ३०/३५ लाख रुपैयाँ खर्च गर्न सक्षम हुनुपर्ने मापदण्ड बनाइएको हो । ‘प्रत्यक्षतर्फ उम्मेदवार हुँदा निर्वाचन खर्चका लागि तोकिएको मापदण्ड बमोजिमको ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्षम व्यक्ति हुनुपर्नेछ,’ कुशवाहाले लोकान्तरसँग भने, ‘त्यति रकम यदि बैंकमा छ भने बैंक स्टेटमेन्ट देखाए हुन्छ । किन भने निर्वाचनमा लाग्ने खर्च उसले कम्तीमा आफैं व्यहोर्ने व्यक्ति हुनुपर्छ ।’ उक्त रकम निर्वाचन प्रचार प्रसार समितिमा निर्वाचन अघि नै जम्मा गर्नुपर्ने सर्त समेत जनमतले राखेको छ ।

यसबाहेक समानुपातिकतर्फको उम्मेदवारका लागि पनि पार्टी र प्रत्यक्षतर्फको उम्मेदवारको चुनावमा प्रचार प्रसार तथा आर्थिक सहयोग गरेको हुनुपर्ने सर्त जनमतको छ । समानुपातिक उम्मेदवार ७७ वटै जिल्लाको भोटबाट निर्वाचित हुने भएकाले पार्टीको निर्देशन बमोजिम अन्य जिल्लामा प्रचार प्रसार गतिविधिमा खटिनुपर्ने र सो अनुसारको गाडी खर्च, खाने बस्ने तथा प्रचार प्रसार सामग्री खर्च व्यवस्थापन समानुपातिक उम्मेदवार आफैंले जोहो गर्नुपर्ने सर्त पनि जनमतले राखेको छ ।

समानुपातिक उम्मेदवारका लागि खर्च सीमा तोकिएको छैन । जनमत पार्टीले आवेदन माग गर्दा पार्टीको सदस्यता लिएको भए सदस्यता शुल्क बुझाएको हुनुपर्ने, अन्य पार्टीमा आबद्ध भए सो पार्टीको नाम तथा पद खुलाउन भनेको छ । त्यसैगरी, विगतमा कुनै निर्वाचनमा भाग लिएको भए सोको विवरण, राजनीतिक पृष्ठभूमि, जित्ने आधार, जित्ने रणनीति, अरूले सिफारिस गरेको भए सिफारिस गर्नेको विवरणसहित आवेदन दिन पार्टीले आग्रह गरेको छ ।

पार्टीले तोकेको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट छनोट गरी पार्टीको केन्द्रीय कार्यकारिणी समिति/सचिवालय समितिले अन्तिम उम्मेदवारको नाम घोषणा गरिने जनमतले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब