लहानमा एमाले महाधिवेशन प्रतिनिधिको गाडी जलाइयो

  • मंसिर १७, २०८२ | २९१ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका वडा नम्बर २ भगवानपुर घर भएको नेकपा एमाले महाधिवेशन प्रतिनिधि चुनिएका जितेन्द्रकुमार यादवको बा ०१००६ ख ५८१८ नम्बरको इभि चार्जिङ हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन् ।

लहान काठमाडौँ चलाउने हायस दुई वर्ष अघि ६० लाखमा खरिद गरेर चलाउने हायस सोमबार राति ११ बजे घर अगाडि राखिएको अवस्थामा आगो लगाइएको गाडी मालिक जितेन्द्र यादवले बताउनुभयो ।

मङ्सिर १३ गते नेकपा एमालेको एघारौं महाधिवेशनका लागि सिराहा १ का लागि भएको प्रतिनिधि चयनको निर्वाचनमा एक हजार १८८ मत प्राप्त गरेर विजय हुनुभएको थियो । लहानको इलाका प्रहरी कार्यालय लहानदेखि लहान १९ कटहा चोकसम्म पक्की सडक निर्माणका लागि सडक खनिएकाले बाटो अवरुद्ध हुँदा गोलबजार नगरपालिकाबाट वारुण यन्त्र आउन झण्डै दुई घण्टा लागेको थियो ।

आगो लागेपछि इलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटरको दूरीमा आगजनी हुँदा आधा घण्टा समय लाग्नु र लहान नगरपालिकामा ३० वर्ष अघि खरिद गरिएको वारुण यन्त्र बिग्रिएको अवस्थामा रहेकाले गोलबजारबाट वारुण यन्त्र आउँदा आगो नियन्त्रणमा नआएकाले  लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहान गम्भीर नभएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।

यता इलाका प्रहरी कार्यालयले आगो लगाउने अपराधी व्यक्तिको खोजीमा प्रहरी लागिसकेको प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो । लहानमा घरकै अगाडि राखिएको व्यक्तिको गाडीमा आगो लगाएको पहिलो घटना भएको उहाँले बताउनुभयो ।

२४ वटा वडा भएको लहान नगरपालिकाको वारुण यन्त्र मर्मत नहुनु र आवश्यकताको आधारमा अर्को वारुण यन्त्र खरिद नगर्दा आगलागीबाट भइरहेको धनजनको क्षति रोक्न चुनौती देखिएको स्थानीयहरुले गुनासो पोखेका छन् । लहानको वारुण यन्त्र सुचारु भएको भए घटनास्थलसम्म आइपुग्न दस मिनेटको बाटो छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब