डकुमेन्ट्री खरिदमा अनियमितता : नौजनाविरुद्ध मुद्दा दर्ता

  • मंसिर १७, २०८२ | ३८० पटक पढिएको | सीमा संदेश
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री बनाउने नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार आ.व. २०७७–७८ मा नगरसभाबाट स्वीकृत नभएको कार्यक्रमलाई जनचेतनामूलक भिडियोका नाममा अघि बढाई ‘सरिता फाउण्डेशन’ लगायतका तीन फर्मबाट प्रस्ताव मागिएको थियो । मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गरेको सरिता फाउण्डेशनसँग सम्झौता गरी ५० प्रतिशत पेश्की उपलब्ध गराइएकाले पनि सेट प्रक्रिया शंकास्पद बनेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा कार्यक्रम वार्षिक स्वीकृत सूचीमा नै नसमावेश भएको, लागत अनुमान बदनियतपूर्ण रूपमा तयार गरिएको, आवश्यक स्क्रिप्ट, उपकरण, गुणस्तर मापदण्ड नतोकी डकुमेन्ट्री निर्माण गराइएको, र तोकिएको मिति धेरै बितिसकेर अर्को आर्थिक वर्षमा भुक्तानी गरिएको जस्ता गम्भीर अनियमितता भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, तयार गरिएको ४ वटा डकुमेन्ट्री पनि नगर प्रमुख केन्द्रित प्रचार झैँ देखिने प्रकारका रहेको, कुन विषयको जनचेतना सामग्री हो भन्ने स्पष्ट नभएको, र डकुमेन्ट्री कसैले पनि प्रसारण नगरिएको पाइएकाले सरकारी रकम दुरुपयोग भएको ठहर गरिएको हो । यसरी रु. ९ नौ लाख ९८ हजार ९२१ हिनामिना भएको प्रमाण फेला परेको आयोगको दाबी छ ।

आरोपपत्र दायर गरिएका व्यक्तिहरू—

  • राम प्रकाश साह, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत
  • विवेक कुमार सहनी, तत्कालीन सहायक लेखापाल
  • राम नरेश प्रसाद यादव, तत्कालीन सहायकस्तर पाँचौ
  • उमेश कुमार दास तत्मा, तत्कालीन सहायक कम्प्युटर अपरेटर
  • कौशल किशोर चौधरी, तत्कालीन खरिदार
  • छोटेलाल मिश्र, तत्कालीन खरिदार
  • सरिता फाउण्डेशन, काठमाडौं तथा निर्देशक सरिता कुमारी साह

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आयोगले सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल मागगर्दै विशेष अदालतमा मुद्दा पेश गरेको छ । 

मुक्त हरवा चरवाद्वारा मधेश भवन घेराउ

मुक्त हरवा चरवाका समस्या समाधान र आफूहरूले उठाउँदै आएका ...

मधेशमा जापानीज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

देशव्यापी बन्दै गएको प्राणघातक रोग जापानीज इन्सेफ्लाइटि ...

भदौ १० गते बुधबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल भाद्र १० गते । बुधबार । ईश्वी सन् २०२६ अ ...

रेखा थापाको 'माया भनेकै यस्तो होला'ले ल्यायो तीज ग

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब