युवतीको मनोविज्ञानमा रमिताको पिरती

  • मंसिर १९, २०८२ | १५० पटक पढिएको | सीमा संदेश
alt

महिला निर्देशक सुदीप्ताको निर्देशनमा निर्माणाधीन फिल्म रमिताको पिरतीको टिजर बुढा सुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको छ।

टिजरमा अभिनेत्री अन्ना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई प्रस्तुत गरिएको छ। यही फिल्मबाट अभिनय यात्रा सुरु गरेका गायक समीर श्रेष्ठ यसमा मुख्य भूमिकामा देखिएका छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी र दुःखदेखि हृदय वेदनासम्मका विभिन्न भावनात्मक अवस्थामा प्रस्तुत गरिएको छ।

जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ। टिजरले एक युवतीको मनोविज्ञानलाई फिल्ममा प्रस्तुत गरेको प्रष्ट पारेको छ। फिल्मले एक महिला पात्रको कथा प्रस्तुत गर्छ। फिल्म महिला निर्देशक सुदीप्ताको लेखन र निर्देशनमा बनिरहेको छ। यसअघि फिल्मको फस्टलुक सार्वजनिक गरिएको थियो। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काप्mले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, कात्तिक बरालको कोरियोग्राफी, शिशिर विशंखेको डीओपी, सुनील सिवाकोटीको सम्पादन र कपिल पराजुलीको कलर रहेको छ।

सेरो फिल्म्स्को ब्यानरमा सागर लम्सालद्वारा निर्मित फिल्म आगामी भ्यालेन्टाइन डेको अवसरमा माघ २३ मा रिलिज हु“दैछ। आरपी प्रोडक्सन एसोसियट निर्माता रहेको फिल्ममा अन्ना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका छन्।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब