युवतीको मनोविज्ञानमा रमिताको पिरती

  • मंसिर १९, २०८२ | १४६ पटक पढिएको | सीमा संदेश
alt

महिला निर्देशक सुदीप्ताको निर्देशनमा निर्माणाधीन फिल्म रमिताको पिरतीको टिजर बुढा सुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको छ।

टिजरमा अभिनेत्री अन्ना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई प्रस्तुत गरिएको छ। यही फिल्मबाट अभिनय यात्रा सुरु गरेका गायक समीर श्रेष्ठ यसमा मुख्य भूमिकामा देखिएका छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी र दुःखदेखि हृदय वेदनासम्मका विभिन्न भावनात्मक अवस्थामा प्रस्तुत गरिएको छ।

जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ। टिजरले एक युवतीको मनोविज्ञानलाई फिल्ममा प्रस्तुत गरेको प्रष्ट पारेको छ। फिल्मले एक महिला पात्रको कथा प्रस्तुत गर्छ। फिल्म महिला निर्देशक सुदीप्ताको लेखन र निर्देशनमा बनिरहेको छ। यसअघि फिल्मको फस्टलुक सार्वजनिक गरिएको थियो। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काप्mले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, कात्तिक बरालको कोरियोग्राफी, शिशिर विशंखेको डीओपी, सुनील सिवाकोटीको सम्पादन र कपिल पराजुलीको कलर रहेको छ।

सेरो फिल्म्स्को ब्यानरमा सागर लम्सालद्वारा निर्मित फिल्म आगामी भ्यालेन्टाइन डेको अवसरमा माघ २३ मा रिलिज हु“दैछ। आरपी प्रोडक्सन एसोसियट निर्माता रहेको फिल्ममा अन्ना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका छन्।

कमला पुल असारभित्रै सञ्चालनमा आउने

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्म ...

जनमतमा असन्तुष्टि बढ्दो !

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटक ...

पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस ...

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब