जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमला पुल बनाउन चन्दा उठाउँदै

  • मंसिर २१, २०८२ | २८७ पटक पढिएको | सीमा संदेश
alt

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको ठेक्का लिएर १४ वर्षसम्म अलपत्र पार्ने ठेकेदार र ठेकेदारलाई कारबाही नगर्ने राजनीतिक नेतृत्वबाट आजित नागरिकले अब अर्कै पुल चाहिने भन्दै ‘नयाँ कमला पुल निर्माण महाभियान’ घोषणा गरेका छन् । शनिबार अपराह्न नदी किनारमा बृहत् छलफल गरेका सिराहा, सप्तरी र धनुषाका पेसाकर्मी, बुद्धिजीवी र सामाजिक अगुवाहरूले कमलाको पानीको संकल्प गर्दै नयाँ पुल निर्माणका लागि दबाब दिने घोषणा गरेका हुन् ।

अनाथ बालबालिकाको अभिभावकत्व लिँदै आएका धनुषाका सन्त सत्यनारायण आलोकले ‘१४ वर्षको अन्याय अन्त्य गरी सुरक्षित, स्थायी र सम्मानजनक संरचना निर्माणका लागि नागरिक पहल’ लेखिएको झन्डा हस्तान्तरण गरेका थिए । ‘अब कम्तीमा तीन महिना हरेक व्यक्तिले हरेक दिन कमलामा नयाँ पुल चाहियो भनेर बोलौँ र लेखौँ । पुल नहुँदा हरेक वर्ष मान्छे बगेका छन्, गर्भवती समयमा अस्पताल जान पाएका छैनन् । प्रादेशिक राजधानी पुग्न कमलाको बगर छिचोल्न पनि रकम तिर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था सधैँका लागि अन्त्य गर्न सबैले कम्तीमा सय रुपैयाँ चन्दा उठाएर सरकारलाई बुझाउँछौँ,’ उनले भने । सरकारले अझै नसुने नदीका दुवैतिर सिसिक्यामेरा राखेर स्थानीयले भोगेका पीडा प्रत्यक्ष देखाउँछौँ ।’

प्रादेशिक राजधानी जनकपुरमा चिकित्सकीय सेवामा काम गर्दै आएका डा. कृष्णकुमार यादवले महाभियानअन्तर्गत जन्म, विवाह, मेला, उत्सवदेखि मृत्यु कार्यसम्ममा कमलामा नयाँ पुलसम्बन्धी बहस चलाइने बताए । ‘सरकार, नेता, दलप्रति पूर्वाग्रही हुँदैनौँ, कसको के दायित्व हो भन्ने महसुस गराउन, सबैको मनलाई जोड्ने प्रयास गर्छौँ,’ उनले कमला बगरबाट अनुरोधसमेत गरे, ‘जाडोमा ओढिने कम्बल, गर्मीमा प्रयोग गरिने छाता, खेतबारी जोत्ने ट्र्याक्टर सबैतिर कमलामा नयाँ पुल लेखौँ । शिक्षक, कर्मचारी, अदालत, पालिका, वडा कार्यालयमा सेवा लिन जाने र सेवा दिनेले पनि नयाँ पुलको बहस थालौँ ।’ 

हरेक ठाउँबाट आवाज उठाएपछि सरकार सुन्न बाध्य हुने डा. यादव बताउँछन् । उनले चन्दा संकलनका लागि सरकारी प्रक्रिया पुर्‍याएर बैंक खाता खोल्ने र संकलित चन्दा सरकारलाई एकमुस्ट पठाउने पनि बताए । 

सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नयाँ पुल निर्माणका लागि पालिका क्षेत्रबाट एक करोड चन्दा संकलन गराउने प्रतिबद्धता जनाए । त्यस्तै, हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले हाल निर्माणाधीन कमला पुल अब काम नलाग्ने र दोब्बर लामो पुल नबनाए पानीको बहाव पनि थेग्न नसक्ने भएकाले नयाँ पुल नै अन्तिम विकल्प रहेको बताए । 

तराई–मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी सडकमा ४६९.२ मिटर लामो कमला पुल निर्माणका लागि ३१ जेठ ०६८ मा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स जेभीले भ्याटसहित २४ करोड ९० लाखमा ठेक्का लिएको थियो । तर, पटक–पटक म्याद थप्दा पनि पुल अलपत्र पारेको छ । जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन लागेपछि लुम्बिनी बिल्डर्सले अहिले काम गर्न थालेको छ । तर, स्थानीयले भने अर्कै नयाँ पुलको माग गरेका छन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब