चितवन महोत्सवमा हात्तीको प्रयोग रोक्न सन्नी लियोनीको आग्रह

  • मंसिर २२, २०८२ | १२५ पटक पढिएको | सीमा संदेश
alt

पूर्व क्यानेडियन पोर्न स्टार, बलिउड अभिनेत्री तथा पशु–अधिकार अभियन्ता सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने हात्ती प्रयोग तत्काल बन्द गर्न आग्रह गरेकी छन्। उनले महोत्सव क्रुरता, पीडा र शोषणमा आधारित रहेको जनाउ“दै यस वर्ष महोत्सवका प्रमुख प्रायोजकले समर्थन फिर्ता लिनु पनि ठूलो संकेत भएको टिप्पणी गरेकी छन्।

लियोनीले केही कम्पनीले महोत्सवबाट दूरी बनाई भविष्यमा पनि सामेल नहुने घोषणा गरेको जनाएकी छन्। उनका अनुसार यो परिवर्तनले वातावरण बदलि“देै गएको र यस्ता कम्पनी क्रुर व्यवहारस“ग जोडिन नचाहने अवस्था आएको बताएकी छिन्। उनका अनुसार महोत्सवमा हुने हात्ती पोलो, फुटबलजस्ता खेलमा प्रयोग गरिने हात्ती गम्भीर शारीरिक तथा मानसिक हिंसाबाट गुज्रिन्छन्। उनले हालैको एउटा भिडियोमा हात्ती फुटबलका दौरान एकले पा“च मिनेटमै हात्तीलाई ६४ पटक प्रहार गरेको घटनालाई उदाहरण दिइन्।

‘चितवन हात्ती महोत्सव क्रुरता होइन, करुणाको पर्व हुनुपर्छ’ लियोनीको भनाइ छ।लियोनीले हात्ती अत्यन्तै बुद्धिमान्, संवेदनशील र पारिवारिक बन्धनमा गहिरो लगाव राख्ने प्राणी भएको जनाउ“दै यस्ता जीवलाई मनोरञ्जनका लागि जबरजस्ती क्रियाकलाप गराउनु निकै लाजमर्दो कार्य भएको बताएको भारतीय सञ्चार माध्मयले जनाएका छन्। उनले सार्वजनिक सुरक्षाका जोखिमबारे पनि चेतावनी दि“दै थाइल्याण्ड र भारतमा हालै भएका घातक घटना उल्लेख गरेकी छिन्।

भीडभाडयुक्त क्षेत्रमा हात्ती प्रयोग गर्दा अनियन्त्रित दुर्घटना हुनसक्ने उल्लेख गर्दै यसलाई गम्भीर रूपले लिन आग्रह उनले गरेकी छिन्। गत वर्ष नेपालमै जंगली हात्ती पटक–पटक महोत्सव क्षेत्रमै प्रवेश गरेपछि वन रक्षकले गोली हानी मार्नु परेको घटना स्मरण गर्दै उनले यस्तो त्रासदी दोहोरिन नदिन चेतावनी दिएकी छिन्।

महोत्सवलाई करुणा र संरक्षणमा केन्द्रित कार्यक्रम बनाउ“दै उद्धार गरिएका हात्तीका कथा, शैक्षिक गतिविधि र एनिमेट्रोनिक हात्तीजस्ता आधुनिक विकल्प अपनाउन लियोनीले आह्वान गरेकी छिन्। चितवनले नैतिक पर्यटनको केन्द्र बन्न सक्ने संभावनाको पनि उनले संकेत गरेकी छिन्।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब