नहर झाडीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

  • मंसिर २३, २०८२ | १३२ पटक पढिएको | सीमा संदेश
alt

पश्चिमवर्ती कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित कमला नहर छेउको झाडीमा हत्या गरी फालिएको अवस्थामा बालिकाको शव फेला परेको छ । कर्जन्हा नगरपालिका–१ बल्टियाका गाउँका सूर्यनाथ वैद्य (मुसहरु)की काहिँली छोरी करिब १७ वर्षीया अविना दनुवार (काली) को शव हत्या गरी फालिएको अवस्थामा सोमबार अपरान्ह नेपाल राष्ट्रिय फूलकसमारी माविको दक्षिणपट्टिको झाडीमा भेटिएको प्रहरीले जनाएको छ ।

शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित आएको टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनामा संलग्न रहेको आशंकामा पाँच युवालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ,’ उनले भने ‘स्थानीय स्तरमा त्यति राम्रो छवि नभएका युवाहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘सोधपुछ गरिरहेका छौं, संलग्नता रहे नरहेको खुलेपछि के गर्ने भन्ने यकिन हुन्छ ।’ 

प्रहरीले उनीहरूको नाम खुलाएको छैन । उनका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतक दनुवारको शरीरका विभिन्न भागमा घाउचोट रहेको र शव भेटिएकोभन्दा करिब ५० मिटर पर उनले लगाएको कपडा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार शव अर्धनग्न अवस्थामा रहेको र बलात्कारपछि हत्या भएको हुन सक्छ । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि यकिन हुने जनाएको छ । 

को हुन् अविना ? 
स्थानीयस्तरमा क्रिकेट खेलाडीको रुपमा रहैकी अविना सूर्यनाथकी कान्छी श्रीमतीपट्टिकी काहिँली छोरी हुन् । बन्दीपुरस्थित फूलकुमारी माविमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार राति करिब साढे ८ बजेतिर आमालाई बन्दीपुरमा बनाउन दिएको मोबाइल लिन जान्छु भन्दै घरबाट निस्किएको आफूले सुनेको बल्टिया गाउँमै घर रहेका कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलले बताए । 

उनका अनुसार राति अबेरसम्म घर नफर्किएपछि जेठी आमापट्टिका दाजुभाईसहित आफन्त र गाउँलेहरूले बन्दीपुरसम्म खोज्दा पनि भेटेका थिएनन् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब