रोशनी झा मृत्यु प्रकरणमा दुईजना पक्राउ

  • मंसिर २४, २०८२ | २०१ पटक पढिएको | सीमा संदेश
alt

रोशनी झा मृत्यु प्रकरणमा थप दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको सिआइबी अनुसन्धान थालेको केही घण्टामै जनकपुरधाम वडा नम्बर ३ स्थित देवान पोखरी क्षेत्रका ४५ वर्षीय सचिन झा र उनका छोरा १५ वर्षीय प्रतीक झालाई धनुषा प्रहरीले पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे जानकारी दिए ।

यस अघि नै मृतक रोशनी झाका श्रीमान प्रशान्त मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको छ । धनुषा प्रहरीले प्रशान्तका भिनाजु तथा भान्जालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको सिआइबीले रोशनी झा मृत्यु प्रकरणको अनुसन्धान थालिएको छ । सिआइबीले आफ्नै तरिकाले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित कटैया चौरी घर भएका प्रशान्त मिश्रको श्रीमती रोशनी झाको मंसिर १२ गते बिहीबार राति भएको मृत्यु प्रकरण शंकास्पद मात्र नभइ हत्या भएको रोशनीका माइती पक्षले दाबी गर्दै न्यायको माग सहित विभिन्न चरणको आन्दोलन गर्दै आएका थिए । रोशनीको मृत्यु प्रकरणपछि रोशनीको कागजपत्र जलाउनु, कहिले भ¥यांगबाट लडेको र कहिले झुण्डिएको जस्ता अभिव्यक्ति दिने काम गर्नु नै मृत्यु प्रकरण शंकास्पद रहेको बताउँदै मृतक रोशनीका श्रीमान्ले पटक पटक दाइँजोका नाममा रकम तथा सामान माग्दै आएको दाबी गरेका छन् ।

मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशमा शाखा अधिकृतमा कार्यरत रहेका छन् । केही वर्ष अगाडि ९ लाख रुपैयाँसहित मागी विवाह गरेको र केटाको घर निर्माणका लागि पुनः १५ लाख रुपैयाँ रकम दिएको माइती पक्षले जनाउँदै आएको छ । मृतक रोशनीका दुई नाबालक सन्तान छन् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब