ट्रम्पले प्रेस सेक्रेटरीको ओठलाई ‘मेसिनगन’ भनेपछि …

  • मंसिर २५, २०८२ | २५२ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लीविटको निकै प्रशंसा गरेका छन्। पेन्सिलभेनियामा भाषण दिने क्रममा ट्रम्प अचानक २८ वर्षीया लीविटको सुन्दरता र आत्मविश्वासको प्रशंसा गर्न थाले।

ट्रम्पले र्‍यालीमा भने, ‘हामीले हाम्रो सुपरस्टार क्यारोलिनलाई पनि लिएर आएका छौँ’ उनले थपे, ‘जब उनी टिभीमा आउँछिन्, उनको सुन्दर अनुहार र ओठ रोकिँदैनन्, मेसिनगन जस्तै चल्छन्।’

ट्रम्पले प्रशासनका नीतिहरू स्पष्ट भएकाले लीविट निडर भएर काम गरिरहेकी उनले दाबी गरे।

ट्रम्पले यसअघि पनि अगस्टमा एक अन्तर्वार्ताका क्रममा यस्तै टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘उनको अनुहार, उनको दिमाग, उनका ओठ… तिनीहरू मेसिनगन जस्तै चल्छन्।’

क्यारोलिन लीविट सन् २०१९ देखि २०२१ सम्म ट्रम्प प्रशासनमा सहायक प्रेस सेक्रेटरी रहिसकेकी छिन्। न्यू ह्याम्पशायरकी लीविट रियल इस्टेट डेभलपर निकोलस रिक्कियो (६०) की पत्नी हुन्। उनीहरूको निको नामका एक छोरा पनि छन्।

डेली मेलका अनुसार, ट्रम्प मंगलबार माउन्ट पोकोनोमा अर्थव्यवस्थाको बारेमा भाषण दिन गएका थिए– तर ह्वाइट हाउस पोडियममा लीविटको रूप र कौशलको प्रशंसा गर्न लाग्दा उनी तुरुन्तै विषयबाट भड्किए ।

ट्रम्पले त्यसपछि भने, ‘उनमा कुनै डर छैन… किनभने हामीसँग सही नीतिहरू छन्। हामीसँग महिलाको खेलकुदमा पुरुषहरू छैनन्… हामीले सबैलाई ट्रान्सजेन्डर बेच्नु पर्दैन, हामीले खुला सिमानाहरू बेच्नु पर्दैन जहाँ जेलहरू र अन्य सबै ठाउँबाट संसारलाई हाम्रो देशमा आउन अनुमति दिइन्छ– त्यसैले उनको काम अलिकति सजिलो छ।’

ट्रम्पको आलोचना सुरु

धेरै अनलाइन प्रयोगकर्ताहरूले यो टिप्पणीलाई अस्वाभाविक मानेका छन्। प्रोगेशिभ कल टु एक्टिभिज्म नामक पेजले एक्समा पोस्ट गरेको छ, ‘ट्रम्प एक घिनलाग्दो मूर्ख हुन्।’

ह्युमन राइट्स क्याम्पेनका राष्ट्रिय प्रेस सचिव ब्रान्डन वुल्फले राष्ट्रपति ट्रम्पलाई विषयवस्तुमा अडिग रहन नसकेको भन्दै आलोचना गरेका छन्।

उनले लेखेका छन्, ‘ट्रम्पको भाषण अर्थतन्त्रको बारेमा हुनुपर्ने थियो, तर यो कता कता… ट्रान्स मानिसहरूसँगको एउटा अनौठो पागलपन, जातीय टिप्पणीको खिचडी र क्यारोलिन लेभिटको ओठ बारेको केही कुरामा मात्र सीमित भयो ? यसबीच मूल्यहरू भने कतै कम भइरहेका छैनन्।’

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब