गोलबजार फोहोरको डम्पिङ, स्थानीय सरकार बेखवर

  • मंसिर २८, २०८२ | २१० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ मंसिर । गोलबजारमा दैनिक सरसफाई नगर्दा डम्पिङ साइड बनेको छ । नगरपालिका जनप्रतिनिधि र कर्मचारीको लपरवाहीका कारण डम्पिङ साइड बनेको छ । शनिवारको विदका अन्नदमा डुबेका कर्मचारी र जनप्रतिनिधिका आँखामा फोहोरको डम्पिङ साइड  परेका छैन् । बजारका व्यपारी पनि मौन साधेका छन् । यता बजारमा आएका उभोगक्ताहरु फोहोर व्यवस्थापन प्रति गम्भिर प्रतिक्रियाहरु दिईरहका छन् । गोलबजार नगरपालिकाको मुख्या बजारमा गुदरी हाट हप्ताको दुई दिन मंगलवार र शनिवार विशेष रुपमा लाग्ने गर्छ । शनिवारको बजारको दृष्य हेर्दा बजार क्षेत्र फोहोरको डम्पिङ साइड देखिन्थियो ।

यो समस्या एक दिनको मात्र नभई अब दैनिक रुपमै  गोलबजार फोहोरमा रमाईरहेको व्यापरीहरुका भनाई रहेका छन् । सडकमा खाला–खुलडी र फोहोर थुपारेको डम्पिङमा दैनिक ५ देखि १० वटा गाडी दुर्घटनामा परिरहेको छ ।  पालिकाले फोहोर उठाउन नगरवासीबाट कर असुली निरन्तर गरिरहका छन । ती कर कुन ठाउँमा खर्च गरिरहेको छ भने कुरा बुझन् ग्राहो भएको एक व्यपारी विरेन्द्र साले बताए।

वर्तमान जनप्रतिनिधि र कर्मचारी नगरवासीको सेवा भन्दा अन्यत्र काम गरिहको बजारमा थुपारिएको फोहोरले देखाउँछन्  । अहिलेको जनप्रतिनिधि र कर्मचारी करारको कर्मचारीका हातमा नगरपालिकालाई जिम्मा लगाई कमाउ धन्धामा चुमलुम डुवेको नगरवासीका आरोप छन् । पटक–पटक निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिईरहको अन्तत पौडेल भ्रष्टाचारका आरोपबाट असफल प्रशासकीय प्रमुखका रुपमा प्रमाणित भईसको छ । पटक–पटक निमितमा प्रमुखमा पौडेल आउनु र जनप्रतिनिधिको नेतृत्व विहिनताले पालिकामा तलब भता र भ्रष्टाचारको कार्यमा सिमित रहेको पुष्टि भईरहको व्यपारी चन्दन साहले बताए।

गोलबजारको मुख्य बजारको हाल्त देखेर आफै लाज लागिरहेको वाडा नम्बर ४ को वडाअध्यक्ष सकलदेव यादबले बताए । यादबले भने, सरसफाईको बजेट डेढ करोड कहाँ खर्च भईरहेको छ, थाहै लागिरहेको छैन् । सरसफाईको लागि १० लाख सम्म माग गर्दा पनि दिदैन । बजारको आजको यो अवस्था प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको असफलताका कारण रहेको छ । वडाबाट पटक–पटक ध्यान आकर्षण गर्दा पनि  ध्यान दिदैन् । आजको पालिकाको कार्य ५ टिपर गा्रइभल माटोलाई १५ टिपर बनाउनमा मात्र सिमित  छ । पटक–पटक फोहोर सफा गर्न र नालामा ढकन व्यवस्थापन अनुरोध गर्दा पनि ध्यान नदिइएको वडाअध्यक्ष यादबले बताए ।

बजारमा फोहोर थुपारीएका कारण व्यपारी र नगरवासीहरुका स्वास्थ्यमा नकारात्मक असर देखन् थालेको छ । फोहोरका कारण डेगुं मलेरीयाका विरामी बढेका छन् । बजारमा समान खरिद विक्री गर्न आउने उपभोगक्ताले पनि स्थानीय सरकारको गैर जिमेवारीको कारण समस्या भईरहेको कुरा बताउँछन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब