डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घट्यो, पेट्रोल २ रुपैयाँ बढ्यो

  • पुस १, २०८२ | १२८ पटक पढिएको | सीमा संदेश
alt

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमवार  पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर ६. ९३ ले घटेर तथा पेट्रोलमा १. ९४ ले बढेर आएको छ ।

निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आउँदा किन ४ रुपैयाँ मात्रै मूल्य घटेको हो भनेर निगमका प्रवक्ता मनोजकुमार ठाकुरलाई प्रश्न गर्दा उनले १ महिना पहिले डिजेलमा ७ रुपैयाँ मूल्य वृद्धि हुँदै ४ रुपैयाँ मात्रै वृद्धि गरेको बताए ।

उनले भने, ‘१ महिना पहिले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य वृद्धि भएर आएको बेला ४ रुपैयाँ मात्रै मूल्य वृद्धि भएको थियो । अहिले त्यहीँ मूल्य मिलाउन ७ रुपैयाँ घटेर आउँदा ४ रुपैयाँ मात्रै घटाएको हो ।’

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब