गोलबजारमा खानेपानी संचालन

  • पुस २, २०८२ | २८१ पटक पढिएको | सीमा संदेश
alt

सुरक्षित खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यसहित सिरहाको गोलबजारमा निर्मित २३ औँ खानेपानी आयोजनाको उद्घटन गरी सञ्चालनमा ल्याएको छ ।

हेल्पिङ ह्याण्ड यूएसए नेपालको सहयोगमा हेल्पिङ हर्ट नेपालद्वारा निर्मित गोलबजार नगरपालिकास्थित नुरुल इस्लाम मदरसा बल्कवा परिसरमा निर्माण भएको उक्त खानेपानी परियोजनाको उपमेयर मान्ती साहलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । वि.सं. १९९१ सालमा स्थापना भएर ९१ वर्षको ऐतिहासिक विर ासत बोकेको यस मदरसामा निर्माण गरिएको खानेपानी परियोजनाले स्थानीय करिब हजार दुई सय परिवार र मदरसाका २५० विद्यार्थी र शिक्षक लाभान्वित हुनेछन् ।

हेल्पिङ हर्ट नेपालका उपाध्यक्ष मोहमद तल्हाले यो संस्थाले विसुद्ध सामाजिक भावले कुनै किसिमको भेदभाव नगरी सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको स्पष्ट पारेका छन् । उनले विपन्न, सुकुम्बासी, अल्पसंख्यक समुदायका लागि यो संस्थाले लामो समयदेखि काम गर्दै आएको बताए । उनले गोलबजार नगरपालिका क्षेत्रमा हालसम्म २२ वटा खानेपानी परियोजना सञ्चालन भइसकेको र यो २३ औँ भएको बताए ।

उनले शिक्षा क्षेत्रमा पनि संस्थाले योगदान दिइरहेको जानकारी गराएका हुन् । माध्यमिक विद्यालय बल्कवामा २ जना शिक्षक र १ जना सुरक्षागार्ड संस्थाको तर्फबाट उपलब्ध गराइएको, नेपालको सयौँ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा सिरहा जिल्लाका ४५० जना अनाथ बालबालिकालाई मासिक रूपमा नगद तथा खाद्य सामग्री सहयोग गर्दै आएको जानकारी गराए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब