मधेश प्रदेश सरकारद्वारा छड्के, १८ कार्यालयका ७२ कर्मचारी कारवाहीमा

  • पुस ३, २०८२ | २५२ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति र तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गरेका छन् ।

मंगलवारदेखि गरिएको उक्त निरीक्षणबाट ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पुस १ गते ४८ जना र पुस २ गते २४ जना कर्मचारी कारबाहीमा परेका हुन् । निरीक्षणका क्रममा पूर्वस्वीकृति बेगर अनुपस्थित तथा तोकिएको पोषाक नलगाएका कर्मचारी फेला परेका थिए ।

कारबाहीमा परेका कार्यालयहरूमध्ये प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, कृषि ज्ञान केन्द्र, प्रदेश वन निर्देशनालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय लगायतका रहेका छ्न । यस्तै उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र, प्रदेश लेखा नियन्त्रक कार्यालय तथा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा समेत निरिक्षण गरिएको छ ।

कारबाहीमा परेका ७२ जनामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । तहगत रूपमा हेर्दा उपसचिव सरहका २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन् ।

निरीक्षणका क्रममा पूर्वस्वीकृति बेगर अनुपस्थित ३४ जना कर्मचारी फेला परेका छन्, जसमा २२ जना पुरुष र १२ जना महिला छन्। यस्तै तोकिएको पोषाक नलगाएका ३८ जना भेटिएका छन्, जसमा ३३ जना पुरुष र ५ जना महिला रहेका छन् । साथै २ जना कर्मचारी कार्यालयमा उपस्थित भए पनि हाजिर नगरेको र पोषाकसमेत नलगाएको पाइएको छ ।

छड्के निरीक्षण गरिएको कार्यालयहरूमध्ये पशु सेवा तालिम केन्द्रका कर्मचारीहरू भने रुजु हाजिर र तोकिएको पोषाकमा उपस्थित रहेको जनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वस्वीकृति बेगर अनुपस्थित तथा तोकिएको पोषाक नलगाएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिसकेको जनाएको छ ।

प्रदेश सरकारले यस्ता निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी ७ वटा जिल्लामा पनि निरीक्षण टोली खटाउने तयारी गरेको छ। साथै आगामी दिनमा हाजिरी र पोषाक मात्र नभई सेवा प्रवाह तथा विकास निर्माण कार्यको समेत निरीक्षण र अनुगमन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब