मुख्यमन्त्रीले विश्वासको मत आज लिने

  • पुस ४, २०८२ | २९२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ।

मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै मधेश प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । मुख्यमन्त्रीको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६८ अन्तर्गतको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र पठाइएको हो ।

संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो ।

नियुक्तिपछि संविधानिक प्रावधानअनुसार तोकिएको समयसीमाभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले विश्वासको मतसम्बन्धी कार्यसूची तयारी र आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ । यसैबीच मधेश प्रदेश सभाको सभामुख पदका लागि आइतबार निर्वाचन शुरु हुने भएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको जानकारी गराउँदै पुष ६ गते आइतबार सभामुख चयनका लागि मतदान हुने बताइन् । प्रदेश सभामा सभामुख पद लामो समयदेखि रिक्त रहँदै आएको सन्दर्भमा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको उपसभामुख ईशरले सदनलाई जानकारी गराइन् ।

उनले सभामुखको जिम्मेवारी उपसभामुखको हैसियतमा निर्वाह गर्दै आएको उल्लेख गर्दै अब नियमित प्रक्रियाअनुसार सभामुख चयन गर्न लागिएको बताइन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब