लहानमा क्रिकेट रङ्गशाला निर्माण गरिने

  • पुस ७, २०८२ | ८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लहान नगरपालिका–४ यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि लहान नगरपालिकाले आज बोलपत्र आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै स्थानीय क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गत मङ्सिर ५ गते रङ्गशाला निर्माणस्थलको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको र प्राविधिक अध्ययनको काम भइरहेको जानकारी दिएका थिए । त्यसक्रममा उनले काम चाँडै सुरु हुने विश्वास व्यक्त गरेका थिए ।  ।

“विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने छ । जसरी हुन्छ हामी काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ”, मन्त्री गुप्ताले भनेका थिए ।

यसैबिच, लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले क्रिकेट रङ्गशाला लहानको खेलकुद विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए ।

उनले भने,“नगरपालिकाले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले रु दुई करोड विनियोजन गरेर टेण्डर आह्वान गरिएको हो ।”

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताए । मन्त्रालयको रु तीन करोड र नगरपालिकाको रु दुई करोडको लागतमा प्रारम्भिक काम सुरु हुने उनले बताए ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब