कमला पुलमा एक महिनाभित्र चारपाङ्ग्रे सवारी सञ्चालनमा आउने

  • पुस ११, २०८२ | २४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । आज पुल निरीक्षण गर्दै मन्त्री गुप्ताले भने, “पुल निर्माण तीव्र गतिमा भइरहेको पाएँ, नयाँ पुल बनाउन समय लाग्छ, अहिले यही पुलको काम छिटो पूरागरी सञ्चालनमा आउनुपर्छ ।”

निरीक्षणका क्रममा मधेस प्रदेशका जेनजी संयोजक शिव यादवले पुलको अवस्थाबारे जानकारी गराएका थिए । निरीक्षणपछि मन्त्री गुप्ताले एक महिनाभित्र चारपाङ्ग्रे सवारी सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

स्थानीय युवा सन्तोष यादवले मन्त्री गुप्ताको निरीक्षणपछि पुल निर्माणले गति लिनेमा विश्वास व्यक्त गरेका थिए । यसअघि मन्त्री गुप्ताको पहलमा गत मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि पुलको स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री घिसिङले निर्माण कम्पनीलाई चाँडै पुल सम्पन्न गर्न निर्देशन दिएका थिए । 

विसं २०६८ मा तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि पटकपटक म्याद थपिँदा १३ वर्ष बितिसक्दा पनि पुल अधुरै छ । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी विल्डर्सले गर्दै आएको छ । विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा थप क्षति भएको थियो । कूल ४६९ मिटर लामो पुलको हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब