सिरहा, पुस १३ गते । जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नवराजपुर गाउँपालिका–३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मृत्यु प्रकरणका फरार दुवै अभियुक्त पक्राउ परेका छन् । स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन् । उनीहरू नेपाल भारत दशगजा क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए।
दुवै अभियुक्तलाई गत बुधबार सीमावर्ती नवराजपुर–३ झाँझपट्टीबाट इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले पक्राउ गरेको हो । अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् ।
आनन्दी गत वैशाख २ गते दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २०८१ पुस ९ मा उनीमाथि सञ्जीव र श्यामसुन्दरले सामूहिक बलात्कार प्रयास गरेका थिए ।
तर, एकातिर प्रहरीले त्यतिबेला जाहेरी दर्ता गर्न तथा आरोपितलाई पक्राउ गर्न आनाकानी गर्दा र अर्कोतिर आरोपित पक्षले गाउँमै मिल्न दबाब दिँदा तनावमा रहेकी आनन्दी मृत भेटिएकी थिइन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved