चुनावी तालमेलका लागि सिट बाँडफाँटको गृहकार्यमा लोकतान्त्रिक मोर्चा

  • पुस १८, २०८२ | २७४ पटक पढिएको | सीमा संदेश
alt

 फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूबिच सहकार्य, तालमेल र एकताको लहर नै चलेको छ । यस्तोमा मधेस केन्द्रित दलहरू पनि एकता र चुनावी तालमेलको गृहकार्यमा छन् । मधेस केन्द्रित सात दलले यसअघि नै संघीय लोकतान्त्रिक मोर्चा बनाएर सहकार्यको ढोका खोलिसकेका थिए । 

जसपा नेपाल, लोसपा नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकता भएकाले मोर्चामा रहेका दलहरूको संख्या घटेको छ । मोर्चामा एकीकृत दलसहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल छन् । अब चुनावी तालमेलका लागि चार दलबिच मात्रै सिट बाँडफाँट हुन्छ ।  

पुस १५ मा बसेको मोर्चाको बैठकमा चुनावी तालमेल गरेर जाने सहमति बनेको थियो । त्यसैअनुसार उनीहरू अहिले चुनावका लागि सिट बाँडफाँटको गृहकार्यमा लागेका छन् । 

चुनावमा तालमेल गरेर जाने विषयमा मोर्चामा रहेका सबै दल सकारात्मक रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए । ‘मोर्चामा रहेका दलहरुले उम्मेदवार, क्षेत्र र संगठनबारे छलफल गरेर पार्टीको सचिवालयमार्फत मोर्चामा पेस गर्ने र शीर्ष नेताहरू बसेर टुंग्याउनेछन्,’ शुक्लाले भने । 

चार दलले आ-आफ्नो पार्टीको दाबी पेस गरेपछि त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए । 

लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले मोर्चामा सिट बाँडफाँटको समस्या नभएको दाबी गरे ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब