संगीतमा विश्वामित्र

  • पुस १८, २०८२ | ३०२ पटक पढिएको | सीमा संदेश
alt

पौराणीक कथामा आधारित म्यूजिक भिडियो सार्वजनिक भएको छ। पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रालिले विश्वामित्र शिर्षकको गीतमा भिडियो निर्माण गरेको हो। नेपाली सांगितिक क्षेत्रमा नयाँ प्रयोगको रुपमा संस्कृत शब्दसहितको ¥यापको प्रयोग गरिएको गीत राजा ऋषी विश्वामित्र तथा ईन्द्रले पठाएका अप्सरा मेनाकाको पौराणीक कथामा आधारीत छ।

अमेरिकामा बसोबास गर्दै आएको पुष्कर पन्तद्वारा रचित गीत गायकगायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले गाएका छन्। कोरियोग्राफर राजिव समरले नृत्य निर्देशन गरेको भिडियोको छायांकन बिशाल थापाले गरेका छन् भने बिक्रम तामाङले निर्माण संयोजन गरेका छन्।

भिडियोमा मेनका र बिश्वामित्रको भूमिकामा अभिनेत्री लोसिना लामिछाने र अभिनेता बद्रिप्रसाद तिवारीले अभिनय गरेका छन्। बिज्ञापन क्षेत्रबाट सांगितिक क्षेत्रमा आफ्नो यात्रा थालेका मीरेश अधिकारी तथा शिव पोैडेलद्वारा निर्देशीत म्यूजिक भिडियोको निर्माता पुष्कर पन्त स्वयं हुन् भने कार्यकारी निर्माता धर्मी इन्टरटेनमेन्ट प्रालिर मीरेश अधिकारी रहेका छन्।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब