लहानमा हात्तीले पाँचवटा घर भत्कायो

  • पुस १९, २०८२ | २९० पटक पढिएको | सीमा संदेश
alt

लहान, १९ पुस। लहान नगरपालिका १६ आरिदमार टोलमा गएराति जंगली हात्ती पसेर घरहरु भत्काएका छन्। चुरेक्षेत्रको जङ्गमा रहेको बस्तिमा हात्तिको हुल पसी पाँच जनाको घर भत्काएर अन्नपात खाएका हुन्।

रातको समयमा बस्तीमा पसेका हात्तिले स्थानीइ भुपाल थापा मगर, गोपाल थापा मगर, जालबहादुर थापा र रामबहादुर थापासहित पाँच जनाको घर भत्काएर अन्नपात खाएको वडा अध्यक्ष गडुल बहादुर जर्गामगरले जानकारी दिए। 

उनले हात्तिहरु बस्तीमा बसेर उत्पाद मच्चाएको र हात्ति अझै गाउँ नजीकै रहेकाले गाउँले त्रसित  भएको बताए। 

हात्ति धपाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालय लहानलाई खवर गरेको वडा अध्यक्ष जर्गाले बताए। उनले भने, ‘गाउँ नजीकै हात्ति अझै घुमिरहेकाले गाउँलेहरु त्रसित छन्, हात्ति थपाउन प्रहरीलाई खवर गरेको छु। गाउँलेहरुले निगरानी गरिरहेका छन्।’

यता डिभिजनल वन  कार्यालय लहानले राति नै सूचना प्राप्त भएको र वन कर्मचारीहरु त्यसतर्फ गईसकेको बताए। उनले चुरेक्षेत्रको जङ्ल अतिक्रमण गरेका वस्तीहरुमा हात्तिले बेला बेलामा दुखदिने गरेको बताए। वन कार्यालयले अहिले पनि हात्ति बस्ती नजीकै रहेकाले अनावश्यक रुपमा जंगल क्षेत्रमा प्रवेश नगरर्न अनुरोध गरेको छ। 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब