कृतिको करियरको ११ वर्षः ‘ककटेल २’ ले नयाँ उत्साह!

  • पुस २०, २०८२ | २८४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री कृति सेननले आफ्नो फिल्मी यात्राका ११ वर्ष पूरा गरिसकेकी छिन्। यो अवधिमा उनले ठूला फिल्महरूमा काम गरेकी छिन् र धेरै हिट फिल्महरू पनि दिइसकेकी छिन्।

उनको पछिल्लो रिलिज ‘तेरे इश्क में’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो र उनको अभिनयको पनि चौतर्फी प्रशंसा भयो। अब नयाँ वर्षमा उनको २०औँ फिल्म ‘ककटेल २’ रिलिज हुँदैछ, जसले उनलाई फेरि रोमान्टिक कमेडीको संसारमा फर्काउँदैछ।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा कृति सेननले बक्स अफिसको दबावबारे खुलस्त कुरा गरेकी छिन्। एक फिल्मको सफलताले अर्को फिल्ममा नम्बरको दबाब सिर्जना गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा आफू कुनै पनि किसिमको दबाव नलिने बताइन्। ‘म यस्तो दबाव लिंदिनँ। हरेक फिल्म फरक हुन्छ, तपाईं अपेक्षा गर्न सक्नुहुन्न कि हरेक फिल्मले एउटै किसिमका दर्शकलाई आकर्षित गर्छ,’ उनले भनिन्।

‘ककटेल २’ को सन्दर्भमा उनले थपिन् कि यो फिल्मका दर्शक ‘तेरे इश्क में’ बाट पूरै फरक छन्। ‘तपाईं केवल कडा मेहनत र पूर्ण इमानदारीका साथ काम गर्न सक्नुहुन्छ। हरेक फिल्ममा आफ्नो उत्कृष्ट दिनुपर्छ। बाँकी कुरा हाम्रो हातमा हुँदैन, किनकि बक्स अफिसमा धेरै अन्य कारकहरूले प्रभाव पार्छन्। त्यसैले म त्यो दबाब लिन चाहन्नँ। म आफ्ना निर्माताहरूमाथि पनि त्यो दबाव राख्दिनँ, बरु यो प्रक्रियाको मजा लिन्छु। म धेरै उत्साहित छु,’ उनले बताइन्।

यसअघि एक अन्तर्वार्तामा कृति सेननले ‘ककटेल २’ लाई सही समयमा बनेको फिल्म भनेकी थिइन्। ‘मलाई यो फिल्मको धेरै इच्छा थियो। म रोमान्टिक कमेडीको त्यो युवा, सहरी र रमाइलो संसारमा फर्किन चाहन्थेँ। यो सिक्वेल हो, तर केवल फरक माहौलको सिक्वेल मात्र हो। कथा पूरै नयाँ छ, पात्रहरू फरक छन् र उनीहरूको पृष्ठभूमि पनि पूरै अलग छ,’ उनले खुलाएकी थिइन्।

‘तेरे इश्क में’ मा कृति सेननले आनन्द एल रायको निर्देशनमा धनुषसँग जोडी बाँधेकी थिइन्। यो एक जोसिलो प्रेमकथा थियो, जसमा उनले मुक्ति नामको पात्र निभाएकी थिइन्। फिल्मले व्यापारिक सफलतासँगै उनको अभिनयको पनि व्यापक तारिफ बटुल्यो।

होमी अदजानियाको निर्देशनमा बन्न लागेको ‘ककटेल २’ मा कृति सेननसँग शाहिद कपूर र रश्मिका मन्दन्ना मुख्य भूमिकामा छन्। यो सन् २०१२ मा रिलिज भएको ‘ककटेल’ को सिक्वेल हो, जसमा सैफ अली खान, दीपिका पादुकोण र डायना पेन्टी थिए। त्यो फिल्म दर्शकले निकै मन पराएका थिए।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब