मादुरोलाई ‘पक्राउ’ गरेपछि ट्रम्पले दिए अन्तरिम राष्ट्रपतिलाई धम्की

  • पुस २१, २०८२ | ३३२ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरोलाई ‘पक्राउ’ गरेपछि अब भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वन विमानमा रहेका बेला ट्रम्पले भेनेजुएलासम्बन्धी पत्रकारका प्रश्नहरूको जवाफ दिएका थिए।

सत्ता परिवर्तन र ‘नेसन बिल्डिङ’ का विरोधमा उनले यसअघि दिएका बयानबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘यो हाम्रो क्षेत्रभित्र पर्छ, डोनरो डक्ट्रिनअन्तर्गत।’ उनले भने, ‘हाम्रो काम भनेको हाम्रो वरपरका देशहरू स्थिर र सफल छन् भन्ने सुनिश्चित गर्नु हो, ताकि त्यहाँबाट तेल बिना रोकटोक बाहिर जान सकोस्।’

ट्रम्पले अमेरिकाले भेनेजुएलालाई ‘फेरि सही बाटोमा ल्याउनुपर्ने’ बताए। उनले भेनेजुएलालाई ‘मरेको’ देशसमेत भने।उनले थपे, ‘भेनेजुएलाको पूर्वाधार पुनःनिर्माण गर्न तेल कम्पनीहरूले ठूलो लगानी गर्नुपर्नेछ।’

यद्यपि पछि ट्रम्पले अमेरिका स्वयंले कुनै पनि लगानी नगर्ने बताए। उनले भने, अमेरिका देशको र त्यहाँका जनताको ख्याल राख्नेछ—जसमा बाध्य भएर देश छाडेर अमेरिकामा बसिरहेका भेनेजुएलालीहरू पनि पर्छन्।

यस क्रममा एक पत्रकारले सोधे—के भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज अब देशको नेतृत्व गर्नेछिन्?यसमा ट्रम्पले भने, उनकी टोली रोड्रिगेजसँग सम्पर्कमा छ। तर यदि उनले अमेरिकाको कुरा मानेनन् भने, उनको हालत पनि मादुरोजस्तै हुन सक्छ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब