लहान मालपोतमा घुस नदिएपछि कर्मचारीद्वारा छुरा प्रहार

  • पुस २२, २०८२ | २५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहान मालपोत कार्यालयमा कार्यरत कर्मचारी खगेन्द्र यादवले भू–सेवा सञ्चालक पप्पु साहमाथि छुरा प्रहार गरेका छन् ।

सेवाग्राहीको काम लिएर फाँटतर्फ जाँदै गरेका साहसँग यादवले घुस रकम मागेको र नदिएपछि काममा आलटाल गर्न थालेपछि दुवैबीच भनाभन भएको प्रत्यक्षदर्शी बताए ।

उक्त भनाभन झन्डै झगडामा परिणत हुँदा कर्मचारी यादवले साहलाई छुरा प्रहार गरेको लेखनदास गुरुदेव यादवले बताए ।

घटनापछि कार्यालय परिसरमा केहीबेर तनाब सिर्जना भएको थियो । छुरा प्रहारबाट पप्पु साह सामान्य रूपमा घाइते भएका छन् र अहिले स्वास्थ्य अवस्थामा सुधार छ ।

घटनामा संलग्न कर्मचारी खगेन्द्र यादवलाई लहान प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब