महन्थ ठाकुरः ‘जीवन के साथ भी, जीवन के बाद भी’

  • पुस २३, २०८२ | ९१ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरण अड् किएको छ । जसपा नेपालमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको पदको विषयमा सहमति हुन सकेको छैन । सहमति पत्र तयार भइसकेपछि ठाकुरले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर हुनुपर्ने अडान लिएपछि हस्ताक्षर रोकिएको छ ।

त्यसैगरी राष्ट्रिय सभामा ठाकुरकी छोरी डा.मीनाक्षी ठाकुर झाको मधेशी क्लस्टरमा नाम पहिलो प्राथमिकतामा राख्ने विषयमा सहमति रोकिएको छ । जसपाका एकजना पदाधिकारीका अनुसार ठाकुर र उनकी छोरीको विषयमा पनि यादव सहमत भएका छन् । कार्यकारी अधिकारमा रहने अध्यक्षको नै हस्ताक्षर निर्वाचन आयोगमा हुनुपर्नेमा जसपाका केही पदाधिकारीहरु समेत यादवलाई सुझाएका छन् ।

सोमबार दुबै दलका अध्यक्ष ठाकुर र यादव समेतको सहभागिता रहेको बैठकमा पार्टीको नाम जनता समाजवादी पार्टी(जसपा) नेपाल र चुनाव चिह्न छाता छाप राख्ने विषयमा सहमति भएको थियो । ३७ सदस्यीय कार्यकारिणी समितिमा पनि सहमति जुटेको स्रोतले जनाएका छन् । तर ठाकुरलाई दिइने पद र उनको पुत्रीको विषयमा अबेर रातिसम्म सहमति नहुँदा मंगलबार पनि सहमति हुन सकेन ।

उच्च स्रोतले जनाए अनुसार जसपा नेपालका नेताहरुले ठाकुरलाई ‘सम्मानित नेता, संरक्षक अथवा राष्ट्रिय परिषद् अध्यक्ष’ मध्ये कुनै एउटा पद दिन अध्यक्ष यादवले उदारता देखाएका छैनन् । तर उनी राष्ट्रिय परिषद्को अध्यक्षमा सकारात्मक देखिएका छन् । राष्ट्रिय सभाको उम्मेदवारी दिन ठाकुर जनकपुरधाम र जसपा नेपालको कार्यक्रममा सहभागी हुन यादव भैरहवा गएकाले मंगलबार संवाद हुन सकेन । राष्ट्रिय सभामा उम्मेदवारी दिन ठाकुरलाई यादवले नै प्रस्ताव गरेकाले त्यसमा विवाद नरहेको स्रोतले जनाएका छन् ।

मधेशको राजनीतिमा ठाकुरलाई नेताहरुले जीवन बीमा(एलआइसी) पनि भनेर कटाक्ष गर्ने गर्छन् । ‘जीवनका साथ भी जीवनका बाद भी’ एलआइसीको नारालाई ठाकुरले आफूमा फिट गरेको नेताहरु बताउँछन् । जीवनको उत्तराद्र्धमा पुगेका ठाकुरले आफूलाई राष्ट्रिय सभामा ६ वर्षका लागि र छोरीलाई प्रतिनिधि सभामा पु¥याउने सुनिश्चितता चाहेका छन् । त्यसका लागि उनले जसपा नेपालसित एकीकरण गर्न लागेको बताइन्छ ।

राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस अथवा एमाले र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सित जसपा नेपालले तालमेल नगरे चुनाव जित्न सकिदैन । कांग्रेस र एमालेबीच तालमेल भए जसपाको समर्थन बिना नै चुनाव जित्ने समीकरण बन्ने छ । जसपा र लोसपाको एकीकरण घोषणामा ग्रहण लागेपछि एकजना नेताले भने, ‘हात्ती छि¥यो, पुच्छर अड्कियो मात्र भएको छ ।’ तर एकीकरणको अन्य विषयमा सहमति भइसकेकोले एउटा विषयले मात्र नरोकिने उनले विश्वास व्यक्त गरे ।

मधेशका नागरिकको चाहना र भावनालाई सम्मान गर्दै एकीकरणको प्रक्रिया अगाडि बढाइएको बताउँदै अर्का एकजना नेताले भने, अलग–अलग भएर चुनावमा गए दुवै दलका लागि अकल्पनीय परिणाम आउने छ । गत चुनावमा जसपा नेपालले राष्ट्रिय दलको मान्यता पाएका थिए । लोसपा नेपालले राष्ट्रिय दलको मान्यता पाउन नसक्दा समानुपातिक तर्फको सिट प्रतिनिधि सभामा पाउन सकेन । तर दुबै दल मिलेर चुनावमा गए अप्रत्यासित सफलता हात पाउने ती नेताले बताए ।

एकीकरणका लागि दुबै पार्टीका अध्यक्ष दबाबमा रहेको बताउँदै उनले भने, यादव र ठाकुर बाहेकका नेताहरुमा सबै विषयमा सहमति भइसकेको छ । जसपा नेपालका महासचिवसमेत रहेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउतले सहमतिमा हस्ताक्षर हुन नसकेपछि एकीकरणको लागि पुनः वार्ता हुने सहमति भएको बताए । ‘एकीकरणको सबै विषयमा सहमति भइसकेको थियो’ उनले भने, तर अन्तिम समयमा सहमति पत्रमा दुबै नेताको हस्ताक्षर हुन सकेन ।

एकताको प्रक्रिया पुनः थालिने उनले बताए । ‘मधेश प्रदेशबाट राष्ट्रिय सभामा ठाकुरलाई जसपाले सघाउने छ’ राउतले भने, तर जसपा नेपालले अन्य तीन वटा क्लस्टरमा उम्मेदवारी दिने छ । यता लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष रामविनोद चौधरीले लोसपा–जसपाको एकीकरण अन्तिम चरणमा रहेको एकता प्रक्रिया अघि बढिसकेकाले केही दिनमै मूर्तरुप लिने बताए । राष्ट्रिय सभा निर्वाचनका लागि ठाकुरले उम्मेदवारी दिएपछि यादव र ठाकुरसंग पुनः संवाद भएर अन्तिम छिनोफानो गर्ने उनको भनाइ छ ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब