नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द गरिने !

  • पुस २५, २०८२ | ६६ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सिमानाका ७२ घण्टासम्म बन्द गरिने भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समितिको बैठकले यो निर्णय गरेको हो । जनकपुरधाम अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीतामढीका सुरक्षा अधिकारीहरू बीचको संयुक्त समन्वय समिति बैठकले निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल गरेको थियो ।

प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न यो नियमित सीमा सुरक्षा समितिको बैठक आयोजना गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । नेपाल वा भारत जहाँ निर्वाचन भए पनि सीमानाका बन्द गर्ने परिपाटीअनुसार नेपालमा हुन लागेको प्रतिनिधिसभा चुनावका लागि यो निर्णय गरिएको उनले स्पष्ट पारे ।

बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छली नियन्त्रण र सूचना आदानप्रदान लगायत महत्त्वपूर्ण विषयमा पनि छलफल भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले बताए ।सशस्त्रका एसपी चन्दका अनुसार बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।

भारतको तर्फबाट सीतामढीका जिल्ला प्रमुख सुरक्षा अधिकारी सहभागी भएका थिए। जिल्लाका सुरक्षा अधिकारीहरूले फागुन २१ को चुनावमा सीमा क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्ने र ७२ घण्टासम्म अति आवश्यकबाहेक आवागमन पूर्ण रुपमा ठप्प पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरूबिच यस्ता बैठकहरू बेलाबेलामा आयोजना हुने गरेको छ, जहाँ नेपालका अधिकारी भारत पुगेर र भारतका अधिकारी नेपाल आएर समन्वय गर्ने गरेका छन् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब