माघ ४ गते राजीनामा दिने बालेनकाे याेजना, त्यसपछि चुनावी अभियानमा हिँड्ने

  • पुस २८, २०८२ | २७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् ।

आज पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने बताएका हुन् ।

सुरेन्द्र चौधरी, लक्ष्मण थारु , करिस्मा कठरिया, कृष्ण न्यौपाने लगायतकालाई आफूले ४ गते राजीनामा बुझाउने बताएका हुन् ।

‘काठमाडौंको सबै काम सकेर ४ गते राजीनामा दिन्छु तपाइँहरू पनि काठमाडौं छोडेर जिल्लामा जानुहोस्’, बालेनले भनेका थिए ‘चुनावी कार्यक्रम सुदूरपश्चिमबाटै सुरु गर्नुपर्छ ।’

बालेनले सामाजिक सञ्जालमा पनि यस विषयमा सङ्केत गरेका छन् ।

‘४ गते राजीनामा दिने र देश दौडाहामा अभियानमा निस्कने बताउनु भएको थियो रास्वपाका नेता सुरेन्द्र चौधरीले भने ‘उहाँले आफ्नो मनोनयन पछि देश दौडाहामा निस्कने कुरा गर्नुभएको छ ।’

उनले चाडै चुनावी अभियानमा निस्कन आग्रह गरेपनि बालेनले महानगरपालिकाको पदमा हुँदै चुनावी अभियानमा नहिँड्ने बताएको चौधरीले जानकारी दिए ।

‘मेयर पद हुँदासम्म म चुनावी गतिविधिमा हिँड्दिन’ बालेनले भनेका थिए ’४ गते राजीनामा दिएपछि निस्किन्छु ।’

कैलालीको थारु बस्तीबाट  चुनावी अभियान सुरु गर्ने  बालेनले बताएका छन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब