शवगृहबाट लास अदलबदल, कारबाहीको माग

  • माघ १३, २०८२ | २९३ पटक पढिएको | सीमा संदेश
alt

लहान, माघ १३ गते । रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको शवगृहबाट लास अदलबदल गरिएको आरोप लगाउँदै पीडित पक्षले जिम्मेवार चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन् ।

माघ १० गते सिरहा गोलबजार नगरपालिका–३ की निसा बानियाँ र सप्तरी खडक नगरपालिका–१, करेबोना की १७ वर्षीया राधिका साह झुन्डिएको अवस्थामा मृत भेटिएपछि पोस्टमार्टमका लागि दुवैको शव उक्त अस्पताल ल्याइएको थियो ।

आइतबार राधिकाको शव भनेर बुझी उहाँका काका सतिव साहले घर लगेपछि अन्त्येष्टि गरिएको थियो । तर सोमबार बिहान निसा बानियाँको शव बुझ्न अस्पताल आएका उहाँका पिता पूर्णबहादुर बानियाँले ‘छोरीको शव नभएको’ बताएपछि खोजी गर्दा शव अदलबदल भएको खुल्न आएको हो ।

इलाका प्रहरी कार्यालय लहानले आइतबार शव बुझेर लगेका राधिकाका काका सतिव साहलाई शवगृहमा राखिएको शव पहिचान गराउँदा उक्त शव आफ्नै भतिजी राधिकाको भएको स्वीकार गर्नुभएको प्रहरीले जनाएको छ । सतिवले अचेत अवस्थामा शव बुझिएकाले पहिचान गर्न नसकेको र त्यही शवको अन्त्येष्टि गरिएको स्वीकार गर्नुभएको छ ।

भारतको महाराष्ट्र राज्यको राजधानी मुम्बईबाट आउन दुई दिन लागेको बताउँदै मृतक निसाका पिता पूर्णबहादुर बानियाँले अस्पताल प्रशासन, विशेषगरी मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित कुमार झाको चरम लापरबाहीका कारण यस्तो घटना भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “काका पर्ने व्यक्तिले शव नै नचिनेको कुरा पत्यारलाग्दो छैन । अस्पतालको मिलेमतोमा यस्तो भएको हो । दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिन्छु ।”

शव पहिचान गरेर मात्र बुझाउनुपर्नेमा सो प्रक्रिया पूरा नगरेकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गरिने अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो ।

पीडित पक्षको कारबाही माग उचित रहेको उल्लेख गर्दै घटनाबारे गहिरो अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब