प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • माघ २१, २०८२ | २५४ पटक पढिएको | सीमा संदेश
alt

प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका आठ वटा बिल काउन्टरबाट कूल तीन करोड ८७ लाख ६६ हजार ९७४ सङ्कलन भएको सफ्टवेयरमा देखिएको थियो तर, अस्पतालको आधिकारिक अभिलेखमा भने तीन करोड ४८ लाख ८९ हजार २५० मात्र दाखिला भएको पाइयो।

सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको ३८ लाख ७७ हजार ७२४ कर्मचारीहरूले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ।

अस्पतालका तत्कालीन प्रमुखहरू डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवले सफ्टवेयरमार्फत दैनिक आम्दानीको विवरण हेर्न सक्ने अधिकार भए पनि रकम कम जम्मा भएको जानकारी हुँदाहुँदै मौन बसेर अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ।

यस प्रकरणमा आयोगले अस्पतालका तत्कालीन प्रमुखद्वय डा. नागेन्द्र र डा. सरोज, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही ३८ लाख ७७ हजार ७२४ बिगो कायम गरी विपक्षी बनाएको छ।

त्यस्तै, बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डललाई २५ लाख ४७ हजार ४१७, सहायक कर्मचारीहरू सरस्वतीकुमारी यादवलाई पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डललाई तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवलाई दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवलाई एक लाख ६४ हजार ६५९ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस भ्रष्टाचार प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि सरकारी बिगो असुल गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ।

मृतक मण्डलको हकमा फौजदारी कसुरको कैद सजाय मागदाबी लिन नमिल्ने भए तापनि भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार हानिनोक्सानी भएको ३८ लाख ७७ हजार ७२४ उनको हक खाने श्रीमतीबाट असुल गर्न माग गरिएको छ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब