मधेस पस्दै बालेनः राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो

  • माघ २७, २०८२ | २७२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी भएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले आज एकै दिन सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन्।

बालेन शाहको मधेस यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । उनको सचिवालयका अनुसार बिहान ८ः४५ मा कञ्चनरुप (घण्टी घर), ९ः१० मा हनुमाननगर र ९ः२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजविराज (घण्टी घर) पुग्ने कार्यक्रम छ । 

त्यसपछि उनी बिहान १०ः१० मा डाक्नेश्वरी नगरपालिका र १०ः२० मा बोधेबर्साइन नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सप्तरीको कार्यक्रम सकेर बालेन सिरहा प्रवेश गर्नेछन् । सिरहामा उनको तालिका निकै व्यस्त देखिएको छ । जसमा भगवानपुरमा ११ः०० बजे, नवराजपुर र बरियारपटीमा ११ः१५ बजे, औरही चोकमा ११ः४५ बजे, सुखीपुर जिरोमाइल घण्टी घरमा १२ः२० बजे, गोलबजार र चोहर्वामा १२ः३५ बर्जे, मिर्चैय र कल्याणपुर बजारमा १ः०० बजे, सिराहा बजारमा १ः३५ बजे कार्यक्रम छ ।

 सिरहा भ्रमणपछि बालेनको टोली धनुषातर्फ लाग्नेछ । दिउँसो १ः३५ मा कमला पुल तरेर तिनकौरिया चोक पुग्ने उनी १ः५० मा यदुकुवा (घण्टी घर) पुग्नेछन् । त्यसपछि दिउँसो २ः१० मा प्रसिद्ध धार्मिकस्थल धनुषाधाम र २ः४० मा नगराइनमा कार्यक्रम तय गरिएको छ ।

अपराह्न ३ बजे महोत्तरीको सदरमुकाम जलेश्वर (घण्टी घर) पुग्ने कार्यतालिका छ । त्यसपछि ३ः२० मा एकदरा र ३ः४० मा बलवा–सर्पल्लोमा स्थानीयसँग भेटघाट गरी उनी साँझ ४ः१० मा बर्दिबास पुग्नेछन् । बर्दिबासमो दिनभरको भ्रमणको समापन हुने सचिवालयले जनाएको छ ।

 बालेन लहर सिरहामा काम गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ। लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहानका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो। पार्टी प्रवेश गर्नेहरूमा बाली गुप्ता (वडा १), बिकी सुनी (वडा २), बिनोद चौधरी (वडा ५), अम्रेस (वडा ८), बरुन रौनियार (वडा १), बिबेक साह (वडा १०), बिनेस झा (वडा ८), सन्दिप कुमार साह (वडा ११) लगायत अमर यादव, सुवास दास, रञ्जित कुमार साह, गणेश साह, सन्तोष कुमार पासवान, विजय कुमार यादव, ओमप्रकाश शर्मा सहित अन्य गरी कुल ६३ जना रहेका छन्।

कार्यक्रम आयोजक गितान्जली अटो वर्कशपका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माका अनुसार देशमा देखिएको परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रतिको विश्वासका कारण राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको हो। युवा व्यवसायी सन्तोष कुमार पासवानसँगको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले अब परिवर्तनको लहर गाउँ–गाउँ फैलिँदै गएको बताएका थिए।

कार्यक्रममा सहभागी नयाँ सदस्यहरूलाई पार्टीको नीति, विचार र भावी योजनाबारे जानकारी गराउँदै स्वागत गरिएको थियो।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब